BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘लडाईन पहिचानको’ : मंसीर ५ मा प्रदर्शनमा आउने

विशेष अनलाइन by विशेष अनलाइन
असार १८, २०८२, १०:०८ मध्यान्ह
in FEATURE, चलचित्र
‘लडाईन पहिचानको’ : मंसीर ५ मा प्रदर्शनमा आउने
236
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । भिम लामा फिल्म्सको प्रस्तुति रहेको नयाँ नेपाली चलचित्र ‘लडाईन पहिचानको’ यही आउँदो मंसीर ५ गते, २०८२ (२१ नोभेम्बर २०२५) मा देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। हालै सार्वजनिक गरिएको चलचित्रको अफिसियल पोस्टरमा दुई फरक पहिचान, संस्कृति र प्रेमलाई प्रतिनिधित्व गर्ने दृश्य प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथावस्तु सामाजिक र सांस्कृतिक संघर्षमा आधारित रहेको संकेत गर्छ।

चलचित्र भिम लामाको लेखन तथा निर्देशनमा तयार गरिएको हो भने यसको निर्माता टोलीमा भिम लामा, रामजी बिस्ट, दिलु सुब्बा र उमेश तामाङ रहेका छन्।

चलचित्रमा प्रसान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धर, राजेन्द्र खड्गी, सुरबिर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, पर्शुराम चौधरी,  रामजी बिष्ट,अरुण कुमार प्रधान,  सुबास तामाङ, रोसन शर्मा, शर्मिला राई, किशोर सम्बाहाम्फे, दिनेश कोइराला, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बू ,पबि तेम्बे , सुदिप लिम्बू, अम्बिका ढकाल  कविता राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पोस्टरमा उल्लेख भएअनुसार चलचित्रको स्क्रिनप्ले भिम लामा, सरोज केशी र रमेश बिशुङ्खेले तयार पारेका हुन्। चलचित्रको छायांकन मदन कश्यप घिमिरेले गरेका छन् ।

चलचित्रको गीतमा बुद्धवीर लामा, इरानराई, राजहाङ आङ्बो, भिम बस्नेत, सागर तामाङ लगायतका सिर्जनाकारहरूको शब्द समेटिएको छ । नृत्य निर्देशन मनि कुमार लिम्बू र सानुराजा लिम्बूले गरेका छन्। चलचित्रको सम्पादन रमेश बिशुङ्खेले गरेका हुन्  ।

‘लडाईन पहिचानको’ चलचित्रमा दुई फरक सांस्कृतिक पहिचान बोकेका प्रेमिल जोडीको कथा देखिने अपेक्षा गरिएको छ। पोस्टरमै दुई फरक पारम्परिक भेषभूषामा देखिएका पात्रहरूले विविधताको भावलाई बलियो रूपमा प्रस्तुत गरेका छन्।

चलचित्रमा बलराम समाल, दिप्सन लिम्बू,भिम बस्नेत,शेखर थापा ,सागर तामाङको सङ्गीत छ भने प्रताप दास,बबिना किराँती , रगुन गुरुङ , रोजिना बस्नेत , सागर तामाङ , मनोज दाहाल,रोदा राई, बिबेस मोते,रमिला ग्याङमि मगर लगायतको स्वर सुन्न सकिन्छ ।

चलचित्रको पोस्टर आइडियल डिजाइनर्सले तयार पारेको हो। सिनेमाको मुख्य आकर्षण यसको मौलिकता, सांस्कृतिक पहिचानप्रतिको संघर्ष, प्रेम र सामाजिक अन्तर्द्वन्द्वमाथिको कथावस्तु रहेको बताइएको छ।

नेपाली सिने बजारमा सांस्कृतिक चेतना र सामाजिक सन्देश बोकेका चलचित्रहरूको माग बढ्दो छ, यिनै अपेक्षालाई ध्यानमा राख्दै ‘लडाईन पहिचानको’ ले दर्शकमाझ विशेष प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

Previous Post

अञ्जना पुनको फिल्म डेब्यु, पल शाहले निर्माण गर्दै ‘यानीमाया’

Next Post

“कोशीले बनाउँछ सिनेमा” – इटहरीमा हुँदैछ चलचित्र सिर्जनाको तीनदिने गोष्ठी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
“कोशीले बनाउँछ सिनेमा” – इटहरीमा हुँदैछ चलचित्र सिर्जनाको तीनदिने गोष्ठी

"कोशीले बनाउँछ सिनेमा" – इटहरीमा हुँदैछ चलचित्र सिर्जनाको तीनदिने गोष्ठी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।