BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बेलबारीबाट सुरु भयो चलचित्र ‘नाक्छोङ’को छायांकन

विशेष अनलाइन by विशेष अनलाइन
माघ ३, २०८१, ७:४७ मध्यान्ह
in FEATURE, चलचित्र
336
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र  ‘नाक्छोङ’ (विजुवा)कोे छायाङ्कन सुरु भएको छ । बिहीबार कोसी प्रदेशको बेलबारी नगरपालिका वडा १० को शान्ति चोकमा एक कार्यक्रम गर्दै चलचित्रको शुभमुर्हत गरियो । ज्योतिराज राईको निर्माण रहने चलचित्र  ‘नाक्छोङ’ राई समुदायको संस्कृतिमा आधारित चलचित्र हो । स्थानीय बिजुवाले तीन चुला र चिन्डो पूजा गरेर पुर्खाहरूको स्मरण गर्दै चलचित्रको  शुभमुर्हत गरिएको हो ।

मुर्हतको सेटमा एक्सन बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, डिरेक्टर क्यामेरा कल निर्देशक नवीन सुब्बाले गरेका थिए । बेलबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विक्रम बान्तवाले क्यामेरा रोल र निर्देशक मिलन चाम्सले क्ल्याप गरेका थिए ।   मुर्हत सर्ट कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले दिएका थिए ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले नेपाली संस्कृतिलाई विश्वव्यापीकरण गर्नमा चलचित्र क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । चलचित्र छायाङ्कनका लागि बेलबारी रोजाइमा पारिएको भन्दै निर्माण युनिटलाई नगर प्रमुख राईले धन्यवाद दिए । आफ्नो जातित्व र संस्कृति संरक्षणमा चलचित्र नगरीको महत्त्वपूर्ण योगदान रहेको भन्दै बेलबारी नगरपालिका वडा ११ का वडाध्यक्ष विक्रम बान्तवा राईले यसको दायरा अझै फराकिलो बनाउँदै लिएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।

निर्देश नवीन सुब्बाले चलचित्र क्षेत्रमा राई जातीहरूको कथामा कम चलचित्र निर्माण भएको उल्लेख गर्दै सम्भावना बोकेका निर्देशक चलचित्रकर्मीहरूले अब आफ्नै कथा भन्ने बेला भएको बताए । उनले आफूले राईहरूको रहनसहनलाई चलचित्र गाउँ आएको बाटोमा देखाउन खोजे पनि पर्याप्त नभएको बताए ।

निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को शुभमुर्हतनै ऐतिहासिक शैलीमा भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा यस्ता चलचित्रहरूको खोजी भइरहेको बताए ।

चलचित्रका निर्माता ज्योति राज राईले  ‘नाक्छोङ’ले  राई जातीका विविध चाडबाड, विवाह समारोह,रीति र भेष भूषा लगायत हरेक अवस्थामा चाहिने बिजुवाको विषय उठान गरिएको बताए । उनले  ‘नाक्छोङ’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागी निर्माण गरिएको बताए ।

चलचित्र किरण राईको लेखन तथा निर्देशनमा बन्न लागेको हो । निर्देशक राईको यो तेस्रो चलचित्र हो । यस अघि उनले चलचित्र लुङा र ज्युपैचो निर्देशन गरेका थिए । चर्चित छायाकार बाबु श्रेष्ठले चलचित्रलाई खिच्ने छन् । चलचित्रमा याशेली योङ्हाङ, भुवन सिंह राई , सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई ‘गल्फने’ अनुशा राई, सारा राई , त्रिचु राई , उत्तम राई , तयाहाङ राई , उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइरला, हेम दिलुङ्छा, बिनोद पोमो लगायतको अभिनय रहने छ । चलचित्र बेलबारी र काठमाण्डौमा छायाङ्कन हुने बताइएको छ ।

Previous Post

फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक

Next Post

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।