विशेष अनलाइन । चलचित्र ‘नाक्छोङ’ (विजुवा)कोे छायाङ्कन सुरु भएको छ । बिहीबार कोसी प्रदेशको बेलबारी नगरपालिका वडा १० को शान्ति चोकमा एक कार्यक्रम गर्दै चलचित्रको शुभमुर्हत गरियो । ज्योतिराज राईको निर्माण रहने चलचित्र ‘नाक्छोङ’ राई समुदायको संस्कृतिमा आधारित चलचित्र हो । स्थानीय बिजुवाले तीन चुला र चिन्डो पूजा गरेर पुर्खाहरूको स्मरण गर्दै चलचित्रको शुभमुर्हत गरिएको हो ।
मुर्हतको सेटमा एक्सन बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, डिरेक्टर क्यामेरा कल निर्देशक नवीन सुब्बाले गरेका थिए । बेलबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विक्रम बान्तवाले क्यामेरा रोल र निर्देशक मिलन चाम्सले क्ल्याप गरेका थिए । मुर्हत सर्ट कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले दिएका थिए ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईले नेपाली संस्कृतिलाई विश्वव्यापीकरण गर्नमा चलचित्र क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । चलचित्र छायाङ्कनका लागि बेलबारी रोजाइमा पारिएको भन्दै निर्माण युनिटलाई नगर प्रमुख राईले धन्यवाद दिए । आफ्नो जातित्व र संस्कृति संरक्षणमा चलचित्र नगरीको महत्त्वपूर्ण योगदान रहेको भन्दै बेलबारी नगरपालिका वडा ११ का वडाध्यक्ष विक्रम बान्तवा राईले यसको दायरा अझै फराकिलो बनाउँदै लिएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे ।
निर्देश नवीन सुब्बाले चलचित्र क्षेत्रमा राई जातीहरूको कथामा कम चलचित्र निर्माण भएको उल्लेख गर्दै सम्भावना बोकेका निर्देशक चलचित्रकर्मीहरूले अब आफ्नै कथा भन्ने बेला भएको बताए । उनले आफूले राईहरूको रहनसहनलाई चलचित्र गाउँ आएको बाटोमा देखाउन खोजे पनि पर्याप्त नभएको बताए ।
निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को शुभमुर्हतनै ऐतिहासिक शैलीमा भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा यस्ता चलचित्रहरूको खोजी भइरहेको बताए ।
चलचित्रका निर्माता ज्योति राज राईले ‘नाक्छोङ’ले राई जातीका विविध चाडबाड, विवाह समारोह,रीति र भेष भूषा लगायत हरेक अवस्थामा चाहिने बिजुवाको विषय उठान गरिएको बताए । उनले ‘नाक्छोङ’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागी निर्माण गरिएको बताए ।
चलचित्र किरण राईको लेखन तथा निर्देशनमा बन्न लागेको हो । निर्देशक राईको यो तेस्रो चलचित्र हो । यस अघि उनले चलचित्र लुङा र ज्युपैचो निर्देशन गरेका थिए । चर्चित छायाकार बाबु श्रेष्ठले चलचित्रलाई खिच्ने छन् । चलचित्रमा याशेली योङ्हाङ, भुवन सिंह राई , सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई ‘गल्फने’ अनुशा राई, सारा राई , त्रिचु राई , उत्तम राई , तयाहाङ राई , उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइरला, हेम दिलुङ्छा, बिनोद पोमो लगायतको अभिनय रहने छ । चलचित्र बेलबारी र काठमाण्डौमा छायाङ्कन हुने बताइएको छ ।
Discussion about this post