विशेष अनलाइन । फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । कृषा चौलागाईं निर्देशित मल्टिस्टार एक्सन प्रधान फिल्मको टिजरले कथावस्तु र चरित्र चित्रण देखाउने प्रयास गरेको छ । टिजरले फिल्म बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
टिजरमा फिल्मका कलाकार दिव्यदेव, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दयाहाङ राई र प्रदीप खड्का देखिएका छन् । दयाहाङ प्रहरीको भुमिकामा छन् भने प्रमोद खलनायक चरित्रमा देएिका छन्। प्रदीपको पात्र प्रतिशोध र बदला लिन चाहन्छ । टिजरको अन्त्यतिर खड्का र मल्लको चरित्रलाई आमनेसामने देखाइएको छ । टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, गौरव विष्ट समेट अटाएका छन् ।
यसअघि ‘ऐंचोपैंचो’ निर्देशन गरेकी चौलागाईंको यो दोस्रो फिल्म हो । फिल्म चैत २९ गते प्रदर्शनको तयारीमा छ ।
Discussion about this post