इटहरी / सामाजिक सञ्जालमा एका एक गायक प्रमोद खरेल दुर्घटनामा परेर गम्भिर घाइते भएको खवर आयो । एक कान दुई कान हुदै सामाजिक सञ्जालमा जता ततै देखिन थाल्यो । गायक खरेललाई स्वस्थ्य लाभको कामना गर्नेको लर्को लाग्यो । त्यतिबेला सम्ममा केही आधिकारिक मानिएका अनलाइन्हरुले समेत प्रमोद दुर्घटनामा परेको समाचार प्रवाह गर्न भ्याइसकेका थिए ।
त्यही समाचार देखेपछी प्रमोदका धेरै शुभचिन्तकहरुले उनलाई फोन गरे । फोन र म्यासेजको लर्को नै लाग्यो । सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनिरहेका बेला गायक प्रमोद खरेलले आफु सुरक्षित रहेको र सामाजिक सञ्जालमा आएका खवरमा कुनै पनि सत्यता नभएको बताए । उनले गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ।
प्रमोदले भनेका छन् ‘केहि online news हरुमा voice को सुटिंग बाट फर्कदा मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घटना मा नपरेको जानकारी गरॉउछु ।
समाचार को नाममा social media को यसरी दुरुपयोग नगरीदिनु होला please . ।
गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़लत समाचार हो भनेर बुझिदिन हुन सबैलाइ अनुरोध गर्दछु ।’
यस्ता भ्रामक समाचारले कलाकारलाई तनाब त दिएको छ नै त्यससँगै निश्पक्ष पत्रकारिता क्षेत्रको नै धज्जी उडाउने काम गरेको छ । यस्ता समाचारहरु प्रति सम्वन्धित निकायको ध्यान जान अत्यावस्यक देखिएको छ ।
Discussion about this post