इटहरी / नेपालमा जातिय बिभेदको मुद्धा चलेको लामो समय भइसकेको छ । हरेक नागरिकलाई एउटै व्यवहार आवस्यक छ भनेर कानुनमा उल्लेख भएको भए पनि कतिपय स्थानमा अझै यो व्यवस्था लागु हुन सकेको छैन । बिभिन्न समयमा बिभिन्न जातिले पाउने अधिकारको विषयमा चर्चा परिचर्चा हुनु नेपालका लागी नौलो कुरा हैन ।
बिभिन्न जात जातीले नेपालमा पाउने अभिकारहरुमा आफुलाई कमजोर महशुस भएको बताइरहेका बेला हास्य कलाकार तथा समजसेबी सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् ।
नेपाली सबैको हैस्यत एक नै भएकोले सबैलाई एउटै व्यवहार गर्न अवस्यक रहेको बताएका छन् । उनले नेपालका सबै नागरिक एक भएको अभिव्यक्ती दिदै लेखेका छन् ‘यदी छुवाछूत गैरकानुनी भए सरकारी कोटामा दलित, जानाजाति, मधेसी, क्षेत्री, बाहुन आदि कोटा पनि समान हुनुपर्छ ’
धुर्मुस यतिबेला गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी सहयोग रकम जुटाउनका लागी भन्दै मेचीकाली घरदैलो अभियानमा छन् ।
Discussion about this post