बिशेष अनलाइन । जेनिस उप्रेती पहिलो द भ्वाइस किड्स नेपाल बन्न सफल भएका छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किड्स नेपाल बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो । द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ । तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो ।
द भ्वाइसमा बिशेष त कोच प्रमोद नकै लक्की साबित हुने गरेका छन् । पहिलो द भ्वाइस अफ नेपालको उपाधी टिम दिपबाट सिडि बिजय अधिकारीले जिते पछिका सबै सेरिज टिम प्रमोदले जित्दै आएको छ भने किड्सको पहिलो उपाधी पनि टिम प्रमोदले नै कब्जा गर्न सफल भएको हो ।
Discussion about this post