बिशेष अनलाइन । फिल्म ‘लाखे’ अभिनयका लागि अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन् । अभिनय अध्यापन र शारिरिक एक्सरसाइजका लागि भन्दै दुई बर्षदेखि अमेरिका रहेका उनी फिल्म ‘लाखे’ अभिनयकै लागि भनेर हालै स्वदेश फर्किएका हुन् ।
मल्टिस्टार कलाकार लिएर बन्न लागेको फिल्म ‘लाखे’ आफ्नो रोजाइमा परेकोले नेपाल फर्किएको आर्यनले बताए । ‘फिल्मको कथा पनि राम्रो छ ।
निर्माण टिमले जुन हिसावले फिल्मको काम गरिरहेको त्यसले पनि मलाई लोभ्याएको हो’ आर्यनले भने ‘फिल्ममा मेरो भुमिका निकै राम्रो छ । त्यही कारण पनि फिल्म छोड्न सकिन ।’ ‘लाखे’ को जस्तो चरित्रमा आफुले सायदै पाउने उनले सुनाए ।
‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् ।
गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।
Discussion about this post