बिशेष अनलाइन । वहुअपेक्षित चलचित्र “प्रेम गीत ३” फाल्गुण १३ गतेबाट अल नेपाल सहित भारतमा समेत एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । कोरोना भाइरसले चलचित्र नगरीलाई ग्रस्त बनाएका बेला अपेक्षा गरेका चलचित्रहरु प्रदर्शनमा आउनु सकारात्मक भएको चलचित्र पण्डितहरु बताउछन् ।
निर्माता तथा निर्देशक सेनले केही दिन भित्रमा चलचित्रको ट्रेलर सार्वजनिक गरिने बताएका छन् । कोरनाको समयमा पनि थप हिम्मत का साथ नेपाल देखी भारत को यात्रामा दिग्गज दिग्गज व्यक्तित्वहरुलाई समेट्न सफल भएको बताउदै फागुन१३ गते दर्शकलाई सुम्पिने निर्णय भएको बताएका छन् । “फागुन१३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौ‘ केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौ”सेनले भनेका छन् ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्देशन छेतेन गुरुङ र सन्तोष सेनले संयुक्तरुपमा गरेका हुन्। हिन्दी भाषाामा समेत डबिङ गरिएको छ ।
मुम्बईमा दक्षिण भारतीय चलचित्र किन्ने वितरकले “प्रेम गीत ३” को हिन्दी कपिराइट किनिसकेको सेनले बताएका छन् । चलचित्र गत वर्ष फागनु २७ मा प्रदर्शन गर्ने मिति तय भइसकेको थियो। कोरोना भाइरसका कारण चलचित्र पहिले तोकिएको मितिमा प्रदर्शन हुन सकेको थिएन ।
Discussion about this post