बिशेष अनलाइन । भनिन्छ कला,सस्कृती परम्परा भेषभुषा लगायतका कुराहरुलाई जगेर्णा गर्न कलाकारहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेका छन् । नेपालमा भाषागत गितसंगीत तथा चलचित्रहरुको इतिहासलाई नियाल्ने हो भने यस्ता गितसंगीतले लामो समय व्यतित गरिसकेका छन् । तर पनि राष्ट्रिय स्तरमा यस्ता चलचित्र तथा गित संगीतहरुको चर्चा कमै मात्र हुन्छ ।
भाषागत चलचित्र तथा गितसंगीतका कलाकारहरुले आफ्नो समुदाय,सस्कृती तथा परम्परालाई उचित स्थानको मग गर्दै भाषागत चलचित्र तथा गित संगीत निर्माणलाई निरन्तरता दिइरहेका छन् ।
यसैबिच सन्नु कुमार र अन्नु चौधरीको स्वरमा रहेर्को “आहा जान छि हमर” बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गितमा थारु र मैथली भाषाको प्रयोग गरिएको छ । सरोज मण्डलको शव्द रहेको उक्त गितको संगीत सैलेन्द्र बिस्वकर्माले गरेका हुन् । मायालु जोडीबिचको प्रेम प्रस्तुत गरिएको भिडियोमा निरज चौधरी र दीया पाण्डेको अभिनय रहेको छ ।
राजु राजदेभ चौधरीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी बिपिन चौधरीले गरेका हुन् । अनिल शाहले छायांकन गरेको म्युजिक भिडियोमा ड्रोन भने नगीन धिमालले चलाएका छन् । लोकेन्द्रराज चौधरीले निर्माण गरेको म्युजिक भिडियोको सम्पादन निरज थोरले गरेका हुन् ।
Discussion about this post