BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

खुल्यो भ्वाइस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन

विशेष अनलाइन by विशेष अनलाइन
असार २५, २०८१, ११:३२ बिहान
in FEATURE, गीत संगीत
खुल्यो भ्वाइस अफ नेपाल सिजन ६ को डिजिटल अडिसन
129
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यतिबेला बालबालिकाहरुको प्रतियोगिता भ्वाइस अफ किड्स चलिरहेको छ । यसैबिच ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा गरिएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।

डिजिटल अडिसनमा सहभागी हुन परिचय खुलाएर गीत गाई भिडियो रेकर्ड गर्नु पर्ने छ । रेकर्ड गरिएको भिडियो हिमालय टिभी एपमा पठाउनु पर्ने छ । त्यसका साथै परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा समेत भिडियो पठाउन सकिने बताइएको छ ।

इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।

निर्देशक पौडेलका अनुसार किड्स संस्करण सकिने बित्तिकै भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सुरु गर्ने तयारी छ । टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल युवापुस्तामाझ लोकप्रिय साङ्गीतिक प्लेटफर्म हो ।

अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भ्वाइस अफ नेपाल एक नेपाली चर्चित कार्यक्रम हो । पहिलो सिजनमा ४ जना प्रशिक्षकहरूमा दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभय सुब्बा रहेका थिए। पहिलो संस्करण भने समूह दीपबाट सीडी विजय अधिकारीले जितेका थिए।

यस्तै दोस्रो सिजनमा दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिएका थिए भने सनुप पौडेल र अभय सुब्बाको स्थानमा राजु लामा र आस्था राउत भित्रिएका थिए । दोस्रो संस्करणको उपाधि भने समूह प्रमोदबाट राम लिम्बुले जित्न सफल भएका थिए ।

तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका उनले समूह प्रमोदमा रहँदै यो उपाधि हात पार्न सफल भएका थिए । एकबाट लगातार कोचका रुपमा दोहोरिँदै आएका प्रमोद खरेलको समूहले लगातार दोस्रो पटक यो उपाधि चुम्न सफल भएको थियो । तेस्रो संस्करणमा प्रमोद खरेलसँगै, दीप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ कोचका रूपमा रहेका थिए । सबै कोच अघिल्लो सिजनकै दोहोरिएकोमा आस्था राउतलाई भने तृष्णा गुरुङले रिप्लेस गरेकी थिइन् ।

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि राजु लामा समूहबाट करण राईले जित्न सफल भएका थिए । चौथो सिजनमा पनि २ जना प्रशिक्षक परिवर्तन हुँदै राजेश पायल राई र प्रविशा अधिकारी भित्रिएका थिए भने प्रमोद खरेल र राजु लामाले निरन्तरता पाएका थिए ।

यता द भ्वाइस अफ नेपाल सिजन ५ मा गायक प्रमोद खरेल र राजेश पायल राईले निरन्तरता पाएका थिए भने उदय सोताङ र मिलन नेवार भित्रिएका थिए । द भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि मिलन नेवार समूहबाट विनोद राईले जित्न सफल भएका थिए ।

छैटौँ सिजनबारे भने विस्तृत खुलाइएको छैन । कुन कोचले निरन्तरता पाउनेछन् भन्ने पनि उल्लेख गरिएको छैन । अघिल्ला सिजनमा निरन्तरता पाइरहेका प्रमोद खरेलले निरन्तरता पाउँछन् वा पाउँदैनन्, यो धेरैको चासोको विषय हुनेछ ।

यस कार्यक्रमलाई निर्देशन भने, पहिलाका नेपाल आइडलका प्रथम संस्करणका निर्देशक लक्ष्मण पौडेलले गरिरहेका छन् ।

Previous Post

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

Next Post

चलचित्र ‘एक्लो’ मा दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्धित

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
Next Post
चलचित्र  ‘एक्लो’ मा दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्धित

चलचित्र ‘एक्लो’ मा दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्धित

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।