बिशेष अनलाइन । पछिल्लो समय नेपापालमा रियालिटी शो निकै चर्चामा छन् । त्यसमा पनि संगितिक रियालिटी शो हरुलाई नेपाली दर्शकले औधी रुचाउने गरेका छन् । नेपाली दर्शककले रुचाएका शो हरु मध्यको एक हो नेपाल आइडल । नेपाल आइडलले धेरै गायक गायिकाहरु जन्माइसकेको छ । पछिल्लो समय नेपाल आइडल अब बन्द हुन लागेको चर्चा पनि चलिरहेको छ । तर, सामाजिक सञ्जालहरुमा भएका उक्त हल्ला निराधार भएको र ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ ।
‘नेपाल आइडल अब आउदैन र भनेको हामीले पनि सुनिरहेका छौँ, तर यो हल्लामात्र हो । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गर्ने तयारीमा mागेका छौँ’ ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले भने ।
तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिनुका साथै कोरोनाका कारण पनि चौथो सिजन सुरु गर्न ढिलाई भएको निर्देशक पौडेलको भनाइ थियो ।चौथो सिजनमा भने यस शो का तिनै जना निर्णायकहरु परिवर्तन हुने बुझिएको छ ।
‘अन्य देशमा हुने शो हरुमा पनि निर्णायकहरु परिवर्तन भईरहेका हुन्छन् । हामीले यस अघिका निर्णयकहरुसँग तिन वर्षकै सम्झौता गरेका थियौँ । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’, निर्देशक पौडेलले भने । यस अघि निर्णायकमा न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए । यस शो मा अबको निर्णयकमा को हुने भन्ने विषयमा भने टुंगो लाग्न बाकी रहेको बताइएको छ ।
Discussion about this post