बिशेष अनलाइन । कोरोना भाइरसका कारण चलचित्र नगरी ठप्प छ । चलचित्र कहिलेबाट चल्छन् अत्तोपत्तो छैन । चलचित्र नगरी ठप्प भए पनि याँहा केही न केही चर्चा भने चलिनै रहने गरेको छ । कतिपयले त आफुलाई चर्चामा ल्याउनकै लागि पनि बिभिन्न उट्पट्याङ गरिरहेका हुन्छन् । यसै बिच अभिनेत्री आँचल शर्माको यतिबेला चलचित्र नगरीमा चर्चा भइरहेको छ । केहीसमय अघि अभिनेत्री शर्मा गर्भवती भएको खवरहरु बाहिरिएका थिए ।
केही अनलाइन पोर्टलहरुले त अभिनेत्री शर्माले नै आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित समाचार प्रकाशन गरेका थिए । तर, अभिनेत्री शर्माले बिभिन्न अनलाइनहरुमा आएका समाचारमा सत्यता नभएको बताएकी छन् । आफुले पनि त्यसप्रकारका समाचार पढेको भन्दै उनले फेक न्यूजबाट टाढा रहनआग्रह गरेकी छन् ।
‘हालै, मेरो प्रेग्नेन्सी (गर्भवती) को बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित भएकी छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ । तर, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु भने केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’ अभिनेत्री शर्माले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन् ।
अभिनेत्री शर्माले अघिल्लो वर्ष मात्रै डाक्टर उदिप श्रेष्ठसँग बिवाह गरेकी थिइन् । बिवाहकै समयमा पनि महंगा कपडा तथा गरगहना लगाएर ढाडस देखाएको भन्दै अभिनेत्री शर्माको आलोचना भएको थियो । अभिनेत्री शर्माले आफू आमा बन्ने भएपछि पहिलो खबर नै अन्यत्रबाट नभइ आफूले नै सुनाउने बताएकी छन् ।
Discussion about this post