BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

यी नेपाली चलचित्र र चलचित्रकर्मी जो इतिहासमा पहिलो बने

विशेष अनलाइन by विशेष अनलाइन
असार २६, २०७८, ७:३३ मध्यान्ह
in FEATURE, चलचित्र
यी नेपाली चलचित्र र चलचित्रकर्मी जो इतिहासमा पहिलो बने
322
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाली चलचित्र सत्य हरिश्चन्द्र निर्माण भएको समय जोड्ने हो भने नेपाली सिने उद्योगले ६ दशक पार गरिसकेको छ । नेपाली भाषामा निर्मित पहिलो चलचित्र सत्य हरिश्चन्द्र भारतमा २००८ सालमा निर्माण भएको थियो । सत्य हरिश्चन्द्रका निर्देशक डी बी परियार हुन् ।

यता नेपालमा निर्मित आमा चलचित्रको पहिलोपटक प्रदर्शन भने २०२२ सालमा भएको थियो । निर्माणको हिसावले २०१८ सालमा नीजी लगानीमा चलचित्र माइतीघर बनेको थियो । माइतीघर नीजि क्षेत्रबाट निर्मित पहिलो चलचित्र हो । चलचित्र माइतीघरको निर्देशन बी एस थापाले गरेका थिए । यो चलचित्र आमा भन्दा पछाडी मात्र सार्वजनिक भएको थियो ।

आमा को निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । चलचित्र आमामा शिवशंकर मानन्धर र भुवन चन्दले नायक र नायिकाको भुमिका निर्वाह गरेका थिए । सोही कारणले पनि नेपाली चलचित्रको इतिहासमा चलचित्रको पहिलो नायकका रुपमा शिवशंकर मानन्धर र नायिकाका रुपमा भुवन चन्दले इतिहासमा नाम लेखाएका छन् ।

शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि बनेको पहिलो नेपाली चलचित्र मनको बाँध हो । चलचित्र मनको बाँधलाई प्रकाश थापाले निर्देशन गरेका हुन । थापालाई चलचित्रनगरीमा बाघबुढो भनेर चिन्ने गरिन्थ्यो । थापाकै निर्देशनमा बनेको चलचित्र सिन्दुरको स्वरांकन तथा डबिङ्ग नेपालमा गरिएको थियो । नेपाली सिनेमाकोे प्रारम्भकालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई आदी काम सबै भारतमा गरिन्थ्यो । तर सिन्दुर नेपालमै डबिङ्ग भएको पहिलो नेपाली चलचित्र हो ।

छपाईका हिसावमा पहिलो चलचित्र चोखोमाया हो भने मिक्सिङमा प्रतिक्षाले इतिहासमा नाम लेखाएको छ । यी दुबै चलचित्रका निर्देशक राजविक्रम शाह हुन् । त्यस्तै नेपालमै सम्पादन गरिएको पहिलो चलचित्र भने प्रेम बानियाँ निर्देशित चलचित्र रक्षा हो ।

चलचित्रका अन्य बिधामा पनि पहिलो हुने मौका पाएका र इतिहासमा नाम लेखाउन साफल धेरै चलचित्रहरु छन् । चलचित्र कुसुमे रुमाल रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र हो भने काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा संयुक्त रूपमा ५२ साता चलेर पहिलो हुने चलचित्र सिन्दुर हो ।

एक समय दर्शकलाई हलसम्म तान्नका लागि नेपाली चलचित्रहरुमा जनावरलाई अभिनय गराउने गरिन्थ्यो । नेपाली चलचित्रमा पहिलोपटक डेव्यु गरेको जनावर बाँदर हो । निर्देशक उद्धव पौडेलले गोपीकृष्णमा बाँदरलाई अभिनय गराएका थिए । चलचित्र गोपीकृष्णले बाँदरको अभिनय भएको पहिलो नेपाली चलचित्रका रुपमा नेपाली चलचित्र इतिहासमा नाम लेखाउन सफल भएको छ । एकै व्यक्तिको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र पनि गोपीकृष्ण हो । चलचित्रमा महानायक राजेश हमाललाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ ।

कुकुरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र भाउजु हो । जस्लाई राजेन्द्र शलभले निर्देशन गरेका हुन । चलचित्र भाउजुमा मोती नामको कुकुरको अभिनय देखाइएको छ । त्यस पछि निर्माण भएका साथी, पापी मान्छे लगायतका अन्य केही चलचित्रहरुमा पनि बाँदर र कुकुरको अभिनय समेटिएका छन ।

घोडाको प्रयोग पहिलेका धेरै चलचित्रहरुमा गरिएको भए पनि घोडाकै अभिनय समेटेर निर्माण गरिएको चलचित्र भने एक नम्बरको पाखे हो । किशोर रानाले निर्देशन गरेको यो चलचित्रमा घोडाको नाम माइला राखिएको छ ।

त्यसैगरी हात्तीको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र माउते दाई हो भने उक्त चलचित्रलाई युवराज लामाले निर्देशन गरेका हुन । बलिउडका चलचित्रहरुमा पनि जनावर र पंछीलाई अभिनय गराइएका धेरै चलचित्रहरु छन । सलमान खान को सुपरहिट चलचित्र मैने प्यार कियामा परेवालाई प्रयोग गरिएको छ ।

नेपालमा पौराणिक कथा, जिवनी,उपन्यास र कृतिमा आधारीत भएर निर्माण गरिएका बिभिन्न चलचित्रहरुले पनि इतिहास लेखाउन सफल भएका छन् । जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र वीर गणेशमान निर्माण भइ प्रदर्शन भैसकेको छ भने गीति चलचित्रका रुपमा वसन्त श्रेष्ठ निर्देशित गौथलीले इतिहासमा पहिलो नेपाली गीति चलचित्रका रुपमा नाम लेखाएको छ । २०४४ सालमा बनेको प्रदीप रिमाल निर्देशित सिनेमा सिलु नेपाल भाषा अर्थात नेवारी भाषामा बनेको पहिलो चलचित्र हो ।

यादव खरेल निर्देशित चलचित्र प्रेमपिण्ड बालकृष्ण समको कृतिमा आधारित भई निमौण गरिएको पहिलो ऐतिहासिक नेपाली चलचित्र हो । नेपाली इतिहासको पहिलो पौराणिक चलचित्र भने श्री स्वस्थानी हो । यो चलचित्र २०५२ सालमा निर्माण भएकोे थियो । श्री स्वस्थानीको निर्देशन पनि यादव खरेलले नै गरेका हुन् ।

नेपाली चलचित्र भित्रका अन्य बिभिन्न बिधा मार्फत पनि चलचित्रकर्मीले पहिलो हुदै इतिहासमा नाम लेखाएका छन् । नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकार शान्ति ठटाल हुन् । उनले २०३४ सालमा निर्मित परालको आगोमा संगीत दिएकी छन । नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला शान्ता नेपाली हुन् । उनले नृत्य निर्देशन गरेको चलचित्र बाँसुरी हो । प्रदर्शनको १०० दिन मनाउने पहिलो चलचित्र दपर्णछायाँ हो भने हाल सम्म सर्बाधिक ब्यापार गर्ने चिलचित्रको इतिहास छक्का पञ्जाले कायम राखेको छ ।

Previous Post

जयनन्द लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

Next Post

म आमा बन्ने कुरा मलाइ भन्दा पहिले अरुलाई कसरी थाहा हुन्छ ? – आँचल शर्मा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

प्रकाश सपूतको लयमा स्वस्तिमाको ठुम्का: ‘लालीबजार’को ‘मै राम्री छु त नि’ गीतलाई ३ लाख ८८ हजार बढी भ्यूज

बैशाख १४, २०८३, ४:२८ मध्यान्ह
नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

नोटको वर्षा गराउँदै ‘परालको आगो’: २ दिनमै करोड क्लबमा इन्ट्री

बैशाख १४, २०८३, ३:३४ मध्यान्ह
Next Post
achal sharma

म आमा बन्ने कुरा मलाइ भन्दा पहिले अरुलाई कसरी थाहा हुन्छ ? - आँचल शर्मा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
0

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
0

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

दोहोरी साँझमा रुषा सँग झुमे दया र सौगात: ‘मितज्यू’ को नयाँ गीतमा युवा आकर्षण

by विशेष अनलाइन
बैशाख १४, २०८३, ५:०४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।