इटहरी / लोकपृय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनले, आफ्नो अफिसियल सामाजिक संजालबाट कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । गायक प्रकाश सपुतले आफू होम आइसोलेसनमा रहेको समेत उल्लेख गरेका छन् । उनले, सामाजिक सञ्जालमार्फत नै आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि अनुरोध पनि गरेका छन् ।
–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’ गायक सपुतले लेखेका छन् ।
सपुतले भनेका छन् अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ
प्रकाशले केही दिन अघि सार्वजनिक गरेको ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियोलाई नेपाली दर्शकले अत्याधिक मन पराएका छन् ।
Discussion about this post