बिशेष अनलाइन । गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्ध गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । सम्झौताअनुसार गायक आशिष सचिनले एक वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा काम गर्नेछन् ।
एक वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआरमार्फत आफ्ना म्युजिक भिडियो बजारमा ल्याइरहेका छन् । आशिषका दारी फूल्यो वैंशैमा, एक कान दुईकान मैदान, गलबन्दी पछ्यौरी, ए मुना, लगायतका गितले सफल छन् ।
गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो छमक छमक तेरी पाउजुले राम्रै चर्चा बटुल्न सफल भएको छ ।
Discussion about this post