इटहरी / वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाले सरकारले लोक गीत संगीतको संरक्षणमा कुनै कदम चाल्न नसकेको गुनासो गरेका छन् । पछिल्लो समयमा लोक गीत संगीतमा मनपरी तन्त्र चल्ने गरेको र त्यसलाई कसैले नियमन नगर्दा लोक गीत संगीतको क्षेत्र नै धरापमा परेको लामाको भनाई थियो । चलचित्र अभियानको छायांकनका लागी पुर्वको धनकुटा आएका लामाले लोक गीत संगीतको संरक्षणका लागी राज्यस्तरबाट नै पहलको आवस्यकता रहेको बताए ।
लोक गीत संगीतकै रियासिलटी शो सुरु हुन लागेको बताउदै आफ्नो क्षेत्रबाट लोक गीत बचाउन जस्तो सुकै भुमिका निर्वाह गर्न तयार रहेको उनको भनाई थियो । चलचित्र अभियानको छायांकन पश्चात लामा लोक गीतको रियालिटी शो मा निर्णायकको भुमिकाका लागी लिखित सम्झौता गर्न काठमाण्डौ जाने तयारीमा रहेका छन् ।
Discussion about this post