इटहरी / हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई ५० थान अक्सिजन अक्सिजन सहयोग गरेका छन् । सिताराम कट्टेल ‘धुर्मुस’ले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान अक्सिजन हस्तान्तरण गरेका हुन् ।
महामारीको समयमा मानवता ठूलो रहेकाले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको धुर्मुसले बताएका छन् ।
नेपालमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै ‘धुर्मुस’ ले बर्दिवासमा अक्सिजन प्लान्टको स्थापना गर्ने योजना समेत बनाएका छन् । नेपालका बिभिन्न अस्पतालहरुमा अक्सिजनको कमी भए पछि बिभिन्न कलाकारहरुले आफ्नो क्षमता अनुसार सहयोग गरिरहेका छन् ।
Discussion about this post