इटहरी / आफ्नो हाँसोको कारण विश्वमै भाइरल बन्न सफल कमेडियन तथा अभिनेता जुआन जोया बोर्जाको निधन भएको छ। विश्वभरीकै सामाजिक सञ्जालमा उनी ‘एल रिसिटस’ अर्थात् ‘हाँसो’ को नामबाट परिचित रहेका छन्।
जुआनको ६५ वर्षको उमेरमा निधन भएको बताइउको छ । स्पेनिश मिमको दुनियाँमा उनि निकै चर्चित रहेका छन् । स्पेनिस एजेन्सी इएफईका अनुसार उनी सन् २०२० मा नै खुट्टामा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । जुआनको भर्जेन देल रोकियो अस्पतालमा मध्य रातिको समयमा निधन भएको स्पेनिस एजेन्सी इएफई ले जनाएको छ ।
सन् २००७ जुनमा एक स्पेनिस कमेडिअन कार्यक्रममा देखा परेपछि जुआन ‘एल रिसिटस’ नामबाट बिश्वमाझ लोकपृय बनेका हुन् । उक्त कार्यक्रममा उनले आफ्नो जीवनका भोगेका भोगाइहरु सुनाएका थिए ।
आफ्नै जिवनका रमाइला किस्सा सुनाउदा सुनाउँदै जुआन हाँस्न थाले। उनको हाँसो रोकिएकै थिएन। जब उनि हास्न थालेपछी कार्यक्रमको माहोल नै परिवर्तन भएको थियो ।
उनि आफ्नै घटना सुनाउदा समेत हाँसेको हाँस्यै भएका थिए।
पछि सन् २०१४ तिर जुआनको यो हाँसोको भिडिओ क्लिप भाइरल हुन थाल्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न सन्दर्भ र कथामा जुआनको हाँसोको भिडिओ जोड्दै मिम बनाउन थाले। अन्तत उनि स्पेनमा मात्र नभएर विश्वमाझमा नै सोही हाँसोका कारण चर्चित बन्न पुगे ।
Discussion about this post