इटहरी / धरानमा सडक मानवको रुपमा दैनिकी जीवन बिताईरहेकी माया राई नाम बताउने आमालाई माया घर ईटहरीको जिम्मा लगाईएको छ ।
मानव कल्याण समाज धरानका अर्मान अली ,लायन्स कल्व अफ धरान क्यालिबरकी अध्यक्ष अम्बिका श्रेष्ठ ,होप धरानका अध्यक्ष निस्चल पलिखे ,सफेद चरणबाट माईकल राजवंसी लगायतको टोलीले माया घरकी सचिव शुभद्रा प्याकुरेलको उपथितीमा जिम्मा लगाईएको छ ।
माया घरलाई दुई हजार रुपैया साथै सफेद चरणको तर्फबाट एक बोरा चामल प्रदान गरिएको अर्मान अलिले जानकारी दिए ।माया घरले घर नभएका सडकमा जिवन बिताईरहकालाई रेखदेख गर्दै आईरहेको छ ।
Discussion about this post