BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १०, २०८२, ११:०१ बिहान
in FEATURE, अन्य
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा
120
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । पहिल्यै इटहरीको डान्स क्षेत्रमा चर्चाको शिखरमा पुगेको ‘युनाइटेड थर्टिन’ डान्स सेन्टर पुनः संचालनमा आएको छ। पुनः उद्घाटन कार्यक्रममा चर्चित हास्य गायक श्रीकृष्ण लुइटेल ‘बोकेदारी’ प्रमुख आतिथिको रुपमा उपस्थित रहे।
कार्यक्रममा निर्देशक प्रकाश सुब्बा, चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव दिनेश कोइराला, निर्देशक तथा पत्रकार नवीन गुरुङ ‘गुरुङ सोल्टी’, गायक फिलिप सुनुवार, कोशी भिजन फिल्म्सका प्रोपोराइटर तथा छायाकार सुमन योञ्जन, कोरियोग्राफर आशिष् बुढाथोकी, अभिनेत्री इच्छा गुरुङलगायत व्यक्तिहरूको उपस्थिति रह्यो।

युनाइटेड थर्टिनलाई लामो समयपछि पुनः सक्रिय बनाउँदै रोशन कमल पराजुलीले नयाँ ऊर्जा र व्यवस्थापनसहित एकेडेमी पुनः संचालनमा ल्याएका हुन्। एकेडेमीका मुख्य प्रशिक्षक आशिष् बुढाथोकी रहनेछन् भने सह–प्रशिक्षकको जिम्मेवारी केसब दियालीले सम्हाल्ने जनाइएको छ।

एकेडेमीमा जुम्बा, एरोबिक्स, मोडर्न फमहरू, हिप–हप, बी–बोइङ, नेपाली लोकनृत्य, भेसाभूषा तालिम, म्युजिक भिडियो तथा फिल्म डान्स कोरियोग्राफी, स्टेज शो डान्स, कोरोना (कोरियोग्राफी + फ्यूजन) तथा मोडेलिङ सम्बन्धी तालिम उपलब्ध हुनेछन्। क्लास समय बिहान ४:३० देखि ६:३० र साँझ ४:३० देखि ६:३० सम्म रहनेछ।

प्रमुख अतिथि श्रीकृष्ण लुइटेल ‘बोकेदारी’ले डान्स क्षेत्रले युवाहरूलाई अनुशासन, तालिम र आत्मविश्वास दिलाउने बताए।
“इटहरीमा कला तथा मनोरञ्जनको गति बढ्दै गएको छ। युनाइटेड थर्टिन फेरि संचालनमा आउनु आफैंमा सकारात्मक कुरा हो। युवाले उपलब्ध अवसरलाई सदुपयोग गर्नुपर्छ,” उनले भने।निर्देशक प्रकाश सुब्बाले यस्ता एकेडेमीहरूले प्रतिभालाई पहिचान दिन मद्दत पुर्‍याउने उल्लेख गर्दै भने,
“स्थानीय प्रतिभा पलाउने ठाउँ यिनै हुन्। प्रशिक्षकका अनुभवले नयाँ पुस्तामा थप जोश भरिदिनेछ।”

चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव दिनेश कोइरालाले डान्स–संगीत क्षेत्रलाई व्यवस्थित बनाउन युनाइटेड थर्टिनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। “फिल्म, म्युजिक भिडियोदेखि स्टेज कार्यक्रमसम्म प्रशिक्षित कलाकारको माग बढ्दो छ। युनाइटेड थर्टिनले त्यस मागलाई पूरा गर्न सफल हुनेछ,” उनले भने।

कार्यक्रममा बोल्दै निर्देशक तथा पत्रकार नवीन गुरुङ ‘गुरुङ सोल्टी’ ले युनाइटेड थर्टिन पुनः संचालन हुनु इटहरीको कला–सांस्कृतिक वातावरणका लागि ठूलो उपलब्धि भएको बताए। “डान्स केवल मनोरञ्जन मात्र होइन, यो अनुशासन, मेहनत र आत्मअभिव्यक्तिको माध्यम हो। युनाइटेड थर्टिन जस्ता संस्थाले स्थानीय स्तरमा प्रतिभा खोज्न, सिकाउन र देशभर चिनाउने भूमिका खेलिरहेका छन्। प्रशिक्षकको अनुभव, व्यवस्थापनको दृष्टि र कलाकारहरूको उत्साह हेर्दा यो एकेडेमी फेरि पहिलेजस्तै चम्किनेमा मलाई शंका छैन,” उनले भने।

सञ्चालक रोशन पराजुलीका अनुसार युनाइटेड थर्टिन पुनः शुरुआतको अवसरमा छिट्टै आएका सदस्यहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ। “हामीले गुणस्तरीय तालिम, अनुशासित वातावरण र पेशेगत सम्भावनालाई हेरेर क्लास सञ्चालन गरेका छौँ। सुरुआती दिनमै आउनेलाई विशेष सहुलियत दिने निर्णय लिएका छौँ,” पराजुलीले बताए।

इटहरीमा कला, डान्स र मनोरञ्जन क्षेत्रलाई फेरि नयाँ उचाइ दिन ‘युनाइटेड थर्टिन’ एकेडेमीले ठूलो योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।

Previous Post

चन्द्रागिरि बाट सुरु भयो चलचित्र ‘बब डाइ’को छायांकन सुरु

Next Post

चलचित्र ‘काजी’ को फष्टलुक्स सार्वजनिक, चैत्र २७ गते बाट प्रदर्शनमा आउने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
चलचित्र ‘काजी’ को फष्टलुक्स सार्वजनिक, चैत्र २७ गते बाट प्रदर्शनमा आउने

चलचित्र 'काजी' को फष्टलुक्स सार्वजनिक, चैत्र २७ गते बाट प्रदर्शनमा आउने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।