विशेष अनलाइन । इटहरी १९ मा रहेको फुजिसान सगरमाथा बोर्डिङ स्कुलको नयाँ भवनको शिलान्यास गरिएको छ । कोसी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चकर्ण राई तथा स्कुलका संरक्षक तेज ब। श्रेष्ठको हातबाट भवनको शिलान्यास गरिएको स्कुलका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले जानकारी दिए ।
शिलान्यास पछि सटिक प्रतिक्रिया दिँदै कोसी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चकर्ण राईले जीवन उपयोगी शिक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको उल्लेख गर्दै व्यावहारिक शिक्षा नै हालको आवश्यकता रहेको बताए । उनले फुजिसानले गर्दै आएको व्यवहारिक शिक्षाको प्रयासलाई प्रशंसायोग्य बताएका थिए ।
विषयगत कक्षाकोठाका लागि सुविधा सम्पन्न भवनको निर्माण गर्ने उद्देश्य सहित सुरु गरिएको भवन चैत्रको दोस्रो हप्तासम्ममा निर्माण गरिसक्ने लक्ष राखिएको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।
निर्माणाधीन भवन ३ तल्लाको बन्ने छ । फुजिसान सगरमाथा बोर्डिङ स्कुलले सिप र संस्कारलाई प्राथमिकतामा राख्दै शिक्षालाई जीवन र जगतसँग जोड्ने सिकाइलाई प्रभावकारी बनाउँदै आएको छ ।
Beta feature
Discussion about this post