BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

पिएचडी गर्ने अठोट लिएकी अभिनेत्री मानन्धरको राजनितिक यात्रा

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १७, २०७८, ८:१७ बिहान
in FEATURE, अन्य
पिएचडी गर्ने अठोट लिएकी अभिनेत्री मानन्धरको राजनितिक यात्रा
71
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय नेपालमा राजनितिक माहोल तातिएको छ । स्थानिय निकायको निर्वाचन नजिकिदै गर्दा नेपालका बिभिन्न कलाकारहरु पनि बिभिन्न राजनैतिक पार्टीमा खुल्न थालेका छन् । कतिपय कलाकारहरु त खुलेर राजनितिमा होमिएका छन् । खुलेर राजनितिमा अग्रसर हुदै कलाकारिताबाट राजनितिमा प्रवेश गरेका कलाकारहरु मध्यकी एक हुन् अभिनेत्री करिष्मा मानन्धर । उनले राजनितिक यात्राको सुरुवात गरेपछि नै आफुलाई अध्ययनमा लगाएकी थिइन् । कक्षा १२ उत्तिर्ण गरिसकेकी अभिनेत्री मानन्धरले अध्ययनमा पिएचडी गर्ने अठोट लिएकी छन् । यता स्थानिय निकायको चुनाव नजिकिदै गर्दा उनी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

डाक्टर बाबुराम भट्टराईको तत्कालिन् पार्टी ‘नयाँ शक्ति’ बाट राजनीतिमा होमिएकी अभिनेत्री मानन्धर बिभिन्न काल खण्डहरु पार गर्दै अन्तत नेकपा एमालेमा प्रवेश गरेकी छन् । आफ्नो राजनितिक करियर एमालेमा सुरु गरेपनि उनी आफ्नो राजनितिक यात्राको आइडल भने डाक्टर बाबुराम भट्टराईलाई नै मान्छिन् । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उनलाई अत्यन्तै मन पर्ने नेताहरु मध्यका एक हुन् । आफ्नो राजनितिक यात्रामा नेकपा एमाले रोज्नुको एउटै मात्र कारण केमी शर्मा ओली रहेको उनले बताइसकेकी छन् ।

‘सदाबहार नायिका’ को रुपमा अभिनेत्री मानन्धरले लामो समय नेपाली चलचित्र नगरीमा एकछत्र राज गरिन् । १४ वर्षको उमेरबाट नै चलचित्र नगरीको यात्रा थालेकी अभिनेत्री मानन्धरको पहिलो चलचित्र ‘सन्तान’ हो । चलचित्र ‘सन्तान’मा अभिनेत्री मानन्धरले बालकलाकारका रुपमा अभिनय गरेकी थिइन् ।

‘सन्तान’मा अभिनय गरेपछि बिस्तारै उनलाई चलचित्र नगरीले मोहनी लगाउन थाल्यो । धेरैले उनको अभिनयको तारिफ गर्न थाले । उनलाई अध्ययन भन्दा अभिनय नै प्यारो लाग्न थाल्यो । उनी भन्छिन् ‘त्यसबेला धेरैले मेरो अभिनयको प्रशंसा गरेकै कारण मैले आफ्नो भविश्य चलचित्र नगरीमा नै देख्न थालेकी थिएँ ।’ उनी कक्षा ७ मा अध्ययन गर्दै गर्दा पढाइलाई बिट मार्दै चलचित्र नगरीमा होमिएकी थिइन् । पछि चलचित्र ‘कस्तुरी’मा अभिनय गरेपछि करिष्मा निर्माता बिनोद मानन्धरसँग बिवाह बन्धनमा बाधिएकी थिइन् । बिनोद त्यस समयका नाम चलेका निर्माता थिए । उनी चलचित्र ‘कस्तुरी’निर्माण गर्ने निर्माताहरु मध्यकै एक निर्माता थिए ।

करिष्मा केसी नामले चिनिदै गरेकी अभिनेत्री करिष्माले बिवाह पछि आफुलाई श्रीमानकै थरबाट चिनाउन थालिन् । उनलाई बिवाह फाप्यो, अन्तत उनी त्यसताका निर्माण हुने नेपाली चलचित्रहरुमा एकछत्र राज गर्न थालिन् । बिस्तारै उनी चलचित्र निर्माणमा पनि लागेकी थिइन् । उनले त्यसताका नै झण्डै ७५ लाखको लगानीमा चलचित्र ‘बाबु साहेब’ निर्माण गरेकी थिइन् । तर, जसरी अभिनेत्रीका रुपमा उनलाई दर्शकले रुचाएका थिए, त्यसरी उनले निर्माण गरेको चलचित्रलाई भने रुचाएनन् । ब्यावसायिक रुपमा चलचित्र ‘बाबु साहेब’असफल बन्न पुग्यो । आफुले निर्माण गरेको चलचित्र असफल बनेपछि निराश बनेकी अभिनेत्री मानन्धर अन्तत सबै कुरालाई पाखा लागाउदै अमेरिका तिर लागिन् । उनी भन्छिन्, ‘कहिलेकाही समयले मानिसलाई चलाउदो रहेछ । त्यसबेलाको समयले मलाई अमेरिका जा भनेको भएर होला, सायद म नेपाली चलचित्र नगरीबाट अलग भएर अमेरिका गएको ।’

उनी नेपाली चलचित्र नगरीबाट अलग भएर अमेरिका गए पनि बेलाबेलामा उनलाई एउटै कुरा बारम्बार खट्कीने गथ्र्यो । जब कलाकारहरुको अध्ययनको कुरा मिडियामा आथ्यो उनी निराश हुने गर्थिन् । ‘जब मिडियमा कलाकारको पढाइको विषयमा समाचार आएको देख्थेँ, कसैले आफ्नो टाउकोमा घनले हानेको जस्तो महशुस हुन्थ्यो’ अभिनेत्री मानन्धरले भनिन् । करिब १४ वर्षको अमेरिकाको बसाइ अन्त्य गर्दै नेपाल फर्किएकी अभिनेत्री मानन्धर पुनः चलचित्र निर्माणमा नै लागेकी थिइन् ।

उनले अमेरिकाबाट फर्किएर चलचित्र ‘फागु’निर्माण गरिन् । तर, त्यो पनि व्यावसायिक रुपमा असफल बन्न पुग्यो । लामो समय पछि निर्माण गरेको चलचित्रले पनि आफुलाई साथ नदिएपछि अभिनेत्री मानन्धर राजनिति तर्फ आकर्सित भइन् । त्यसपछि उनी डाक्टर बाबुराम भट्टराईको तत्कालिन् पार्टी ‘नयाँ शक्ति’ मार्फत राजनीतिमा होमिएकी थिइन् । कलाकारिता र राजनिति दुबैलाई अघि बढाउदै गर्दा उनी ‘नयाँ शक्ति’ की केद्रिय सदस्य बनेकी थिइन् । राजनितिमा राम्रो अनुभव नहुदै पार्टीले आफुलाई महत्वपुर्ण जिम्मेवारी दिदा निकै उत्साहित भएकी थिइन् करिष्मा ।

‘नयाँ शक्ति’ पार्टीको एक कार्यक्रममा एक पिएचडी होल्डर महिला नेताले आफुलाई पाढाइकै कुरा निकालेर होच्याएको करिष्मा बताउछिन् । उनी भन्छिन् ‘ति महिलाले म प्रति लक्षित गर्दै ‘हाम्रा पार्टीमा नपढेका बेकामे कलाकार पनि छन्’ भनेर टिप्पणी गरेकी थिइन् । उनको त्यो कुराले मेरो मन दुख्यो । मैले त्यतिबेलै उनलाई जवाफ दिदै मैले चाहेँ भने तपाईले जस्तै पीएचडी गर्न सक्छु तर, तपाईंले मैले जस्तो नाम कमाउन सक्नुहुन्न, भनेकी थिएँ ।’

तिनै महिलाको भनाइ र डाक्टर बाबुराम भट्टराईको प्रेरणाका कारण आफुले अध्ययन सुरु गरेको अभिनेत्री मानन्धरको भनाई छ । मानन्धरले कक्षा ८ बाट नै अध्ययन सुरु गरेकी थिइन् । उनले काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलबाट अध्ययन सुरु गरेकी थिइन् । त्यस समय उनी सातामा पाँच दिन स्कुल जान्थिन् भने दुई दिन पार्टीको काममा सकृय हुने गर्थिन् । अभिनेत्री मानन्धर सोही स्कुलबाट २०७५ सालको एसइइमा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी थिइन् ।

एसइइ उत्तिर्ण भएपछि उनी ललितपुरको गोदावारीमा रहेको किटनी कलेजमा कक्षा ११ मा अध्ययन गर्न थालिन् । बिध्यालय जादाका सुरुवाती दिन सम्झिदै करिष्मा भन्छिन् ‘सुरुसुरुमा आफ्नो छोरी भन्दा साना भाइबैनीहरुसँगै बसेर अध्ययन गर्न निकै सकस हुने गथ्र्यो । तर, दैनिक बिध्यालय जान थालेपछि भने बिस्तारै सहज महशुष हुन थाल्यो । साना भाइबैनीहरु पनि बिस्तारै आफुसँग नजिक भएपछि थप सहज महशुष हुृन थाल्यो ।’ कलेजमा भने त्यस्तो असहज केही पनि नभएको करिष्मा बताउछिन् ।

करिष्मा खाली समयमा बिभिन्न पुष्तक अध्ययन गरेर समय व्यतित गर्ने गर्छिन् । करिष्मा भन्छिन् ‘मलाई प्रेमकथा साथै कसैको सफल जीवनी पढ्न मन पर्छ । जीवनीमा एउटा मान्छेको संघर्ष सँगै उस्को इतिहास र उ बाँचेको समाजको चित्र बुझ्न पाइन्छ ।’ अभिनेत्री मानन्धरले अबको बाँकी समय अध्ययनमा नै ब्यतित गर्ने सोच बनाएकी छन् । ‘भोलीको दिन के हुन्छ कसैले देखेको छैन । तर, मेरो उद्देश्य अबको बाँकी जिवन अध्ययनमा लगाउनु नै हो । र मैले पीएचडी गर्ने योजना बनाएकी छु ।’

अध्ययनकै क्रममा राजनितिबाट अलग भएकी अभिनेत्री मानन्धर अन्तत पुन उक्त यात्रामा सामेल भएकी छन् । उनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए । कक्षा १२ को परीक्षा दिइरहेको समयमा उनलाई एमाले अध्यक्ष ओलीले फोन गरेर शुभकामना दिएपछि करिश्मा र ओलीबीच निरन्तर संवाद हुँदै आएको थियो । केपी शर्मा ओलीको व्यक्तित्व र प्रतिबद्धताबाट प्रभावित भएर नै आफुले एमाले रोजेको अभिनेत्री मानन्धरले बताएकी छन् ।

Previous Post

वलिउड कलाकार राजपाल यादव नेपालमा

Next Post

रचना र शुशिलको घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
रचना र शुशिलको घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ

रचना र शुशिलको घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।