विरेन्द्र दंगाल, युएई | मार्चकाे पहिलो साता लक्ष्मी बैंक र गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् बिच युएईका सदस्यहरु बिच युएईमा कार्यरत नेपालीहरुलाई नेपालमा रेमिट्यान्स सँगसँगै कर्जाकाे पनि सुविधा दिने विषयमा युएईकाे Gulf Court Hotel मा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
लक्ष्मी बैंककाे तर्फबाट नेपालीहरुले आफ्ना परिवारकाे सदस्यहरुलाई रेमिट्यान्स पठाउँदा नेपालमा लक्ष्मी बैंक तथा लक्ष्मी लघुवित्तकाे शाखाहरुबाट अधिकतम रु चार लाख सम्मकाे कुनै बिना धिताे कर्जा प्राप्त गर्न सकिने र यसकालागी सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत पैसा पठाउनु पर्ने साथै युएईमा कार्यरत नेपालीकाे ६ महिनाकाे भिषा पासपोर्ट तथा पे सिल्प वा बैंकको स्टेटमेन्ट वा तलब प्रमाणितकाे कागजात आवश्यक पर्नेछ।
लक्ष्मी बैंकले युके एड ( UKaid Skills for employment programme ) सँगकाे सहकार्यमा प्रविधिकाे प्रयाेग गरि https://remit laxmibank.com मार्फत कर्जा लिन अनलाइनबाटै नै आवेदन दिन तथा विवरण समेत हेर्न सकिनेछ । बेलायती सरकारकाे सहयाेगमा वैदेशिक राेजगारीमा जाने नेपालीहरुलाई एक लाख पचास हजार सम्मको बिना धिताे कर्जा लक्ष्मी बैंक लक्ष्मी लघुवित्तकाे शाखाहरुबाट प्रवाह भइरहेकाे साथै यस किसिमको कर्जाहरुकाे आवेदन दिन लक्ष्मी बैंकमा खाता खाेल्नका लागि बैंकले भिडियो के.वाई.सी. (video KYC) प्रविधिको माध्यमबाट ग्राहकलाई सेवा प्रदान गरिरहेकाे छ ।
उक्त कार्यक्रममा एन.आर.एन.टिमका सदस्यहरुले यस्तो कर्जा सुविधाले नेपालीहरुलाई आैपचारिक माध्यमबाट रेमिटान्स पठाउनका लागी अभिप्रेरणा दिने मात्र नभई चर्काे ब्याजबाट मर्कामा परेका श्रमिकलाई राहत मिल्ने गैर आवासीय नेपाली संग राष्ट्रिय समन्वय परिषद् युएईका निरन्जन सिल्वाल, विकास शाही,मनाेज गाेर्खाली,राजु के.सी.,भवानी प्रसाद तिम्सिना,तुलसी राम भुषाल,दिपक खड्का तथा तनहुँ सेवा समाज युएईका सुदिप कार्की लगायत उपस्थित सबैले आफ्नो भनाइ राख्दै जाेड दिनुभएको थियाे ।
Discussion about this post