बिशेष अनलाइन । याक्थुङ सिङ्गक फाउन्डेसनु एक जातिय संस्था भएपनी गरिव दुखिहरुको लागि भगवान स्वरुप नै सावित भएकोछ । यस संस्था सामाजिक कार्यमा निकै अग्रसर रहेकोछ । समासेवी, गीतकार तथा याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मिना सिङ्गक को अथक् प्रयास पछी संकलित रकमकै कारण क्यान्सर रोगबाट ग्रसित भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत तेह्रथुमको फेदाप गाउँपालिका जलजले ५ निवासी ६३ वर्षीय विष्णुकुमार सिङ्गक पूर्ण रुपमा निको हुनुभएकोछ ।
बिगत ९ महिना देखी क्यान्सर सङ्ग लडिरहेका बिष्णुको उपचार् सहयोगआर्थ याक्थुङ सिङ्गक फाउन्डेसनले आर्थिक संकलन गरेको थियो । यसै क्रममा उहाको उपचारको लागि १० लाख १७ हजार रकम संकलन भएको थियो । संकलित रकमबाट उपाचार सम्पन्न गरिसकेपछी बाँकी रहेको ३ लाख १२ हजार उनले अब आफू निको भएको र बाकी जीवन मेहनत गरेरै जीवनयापन गर्ने भन्दै समाजमा परिआएको अप्ठ्यारोहरुमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था याक्थुङ सिङ्गक फाउन्डेसन लाई फिर्ता गरिदिनुभएको गीतकार, समाजसेवी तथा फाउण्डेशनकी अध्यक्ष मिना सिङ्गकले जानकारी दिनुभयो ।
बिगत ९ महिना देखी उपचाररत विष्णुुकुमारको उपचारका लागि हङकङ, अमेरिका, कोरिया, मलेसियालगायत नेपाली रहेका विभिन्न मुलुकबाट सहयोग आएको फाउण्डेशनकी अध्यक्ष मिना सिङ्गक जानकारी दिनुभयो । बिष्णुकुमार सिङ्गकलाई रकम हस्तान्तरण राजेश पायल राई फाउन्डेसनूका अध्यक्ष गायक राजेश पायल राईले गर्नु भएको थियो ।
समाजमा परिआएको अप्ठ्यारोहरुमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था याक्थुङ सिङ्गक फाउन्डेसनले उनको दुस्खमा साथ दिन सम्पूर्ण सहयोगी महानुभावहरु प्रती सहयोगको अपिल गरेर देश विदेशमा रहेका सिङ्गकजन्य संस्थाहरु लगायत अन्य संघ संस्था,ब्यक्तिहरु ,आफन्त साथीभाइहरु सबैले हाम्रो अपिल लाई मनैदेखी स्वीकार गरेर सहयोग गर्न तयार भएकैकारण तमाम सहयोगीहरु बाट एक महिनाको अन्तरालमा हाम्रो अभियान कोषमा जम्मा १० लाख १७ हजार सहयोग संकलन भएको मिना सिङ्गक बताउनु हुन्छ ।
यहि सहयोग बाट बिश्नु कुमारको ५ महिना देखिको उपचार खर्च ,कोठा भाडा,खाद्यान्न ,औसधि ,भिटामिन आदि उनलाई आवश्यक चिज सबै र घर तेह्रथुम सम्म पुग्ने जम्मा खर्च ७ लाख ५ हजार भएको हो । बिश्नु कुमारको उपचार बाट बचेको ३ लाख १२ हजार अब यो अभियान कोष बाट ू याक्थुङ सिङ्गक फाउन्डेसनूको खातामा जम्मा गरिने र भैपरिआएको अवस्था मा बुझेर आवश्यकतामा परेका पीडितहरुलाई सहयोग गरिने अधयक्ष सिङ्गकले बताउनु भयो । साथै सहयोगी माहानुभावहरुलाई नाम र अमुल्य सहयोग हाम्रो संस्थाको सहयोग डायरीमा स्वर्ण अक्षरले कुँदेर राखीसकेका छौँ १ यहाँहरुको सहयोगलाई हामी कहिले मभुल्ने भन्दै सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त्त गर्नुभएको छ ।
Discussion about this post