बिशेष अनलाइन । अभिनेत्री तथा चर्चित रियालिटी शो कमेडी च्याम्पियनकी निर्णायक ऋचा शर्माले बुधवार छोरालाई जन्म दिइन् । लामो समय देखि २ अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्कीको चर्चा चल्दै आएको थियो ।
अभिनेत्री ऋचाले एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको बताउँने गरेकी थिइन् । छोरा वा छोरी जे भए पनि खुशी हुने बताएकी ऋचाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
छोरालाई जन्म दिएपछि अभिनेत्री शर्माले सामाजिक सञ्जालमा पोटो शेयर गर्दै खुशी साटेकी छिन् । उनले आफुलाई हिजो सम्म बच्चै रहेको अनुभुति हुने गरेकोमा बच्चको आगमन पश्चात भने परिपक्क नारीको आभास गरेको उल्लेख गरेकी छन् । साथै उनले आफ्नो नवआगन्तुक छोराको नामाकरण समेत गरेकी छन् । उनले छोराको नाम आभ्यान बिक्रम राणा राखेकी छन् ।
हेर्नुहोस अभिनेत्री शर्माले सामाजिक सञ्जालमा उल्लेख गरेका खुशीको खुशी उनकै शब्दमाः
आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ।
अनेक कुराहरु मनमा खेलिरहेका छन। उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउदा निभाउदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा, यो जत्तीको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा(जोखा छैन, तर आमा झै माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी।
आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झै लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरुको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान बिक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।
Discussion about this post