बिशेष अनलाइन । झापाकी चर्चित टिकटकर स्मारिका ढकाल र उनका पति बिवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएको छ। झापाको बुधबारे घर भएका स्मारिका र बिवेकबीच डिभोर्स भएको कुरा विवेक स्वयंमले टिकट लाइभमा आएर पुष्टि गरेका हुन्। लामो समयदेखि टिकटकमा उनीहरुको सम्बन्धलाई लिएर बिभिन्न टिका टिप्पणी भइरहेको थियो ।
कतिपयले टिकटकबाट चर्चा बटुलेपछि स्मारिकाले आफ्ना पतिलाई बेवास्ता गरेको बताउने गरेका थिए । तर, उनीहरु दुबैले सम्बन्ध विच्छेदको कुरालाई गोप्य राख्दै आएका थिए । बिवेकले आफुहरुबीच समझदारीमा छुट्टिने सहमति भएको बताएका छन्।
सामाजिक सञ्जालमा भएको चर्चा गलत भएको बताउदै बिवेकले स्मारिकाले चर्चा बटुलेपछि श्रीमानलाई डिभोर्स दिएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । डिभोर्सको कारण खुलाइएको छैन।
टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडीलाई निकै रुचाइएको छ । स्मारिका दिदी हुन् भने समारिका बहिनी हुन्। समारिकाको बिहे भएको छैन। सबै मानिसको व्यक्तिगत जिवन हुने बताउदै बिवेकले आफूहरु सहमतिमै छुट्टिएको उल्लेख गरेका छन् । उनले कसैलाई पनि नकरात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन्।
Discussion about this post