बिशेष अनलाइन । कलाकार निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । घिमिरेको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सुधारोन्मुख भएको पुष्टि गरेका छन् । भारतमा सवारी दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालमा उपचार भइर।हेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी थिइन् ।
उपचारपछि उनको शरीरमा भएका घाउहरु क्रमिकरुमा निको हुन थालेको अस्पतालले जनाएको छ । निशाले केही दिनदेखि बोल्ने कोशिश गरिरहेको चिकित्सकहरुले बताएका छन्। उनले चिकित्सकहरुले बोलेको कुरालाई हाउभाउबाट प्रतिकृया दिन थालेको बताइएको छ । निशाले भोक लाग्दा भोक लागेको संकेत दिन थालेकी छन् ।
उनी कलाकारिता क्षेत्रमा स्थापित हुँदै गएकी थिइन् । आफुलाई अझै निखार्ने र यो क्षेत्रमा अझै राम्रो गर्ने सोचले उनी अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि भारतको देहरादुन पुगेकी पुगेकी थिइन् । उनले कोर्स सुरुवात गरिसकेकी थिइन् । उनले त्यहीँ काम गर्न समेत सुरु गरेकी थिइन् । तर देहरादुनमा उनी धेरै समय खुशी बन्न असमर्थ भइन् । त्यहाँ पुगेको करिब डेढ महिनापछि कार दुर्घटनामा परी उनी गम्भीर घाइते हुन पुगिन्। उनी चढेको कारलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
देहरादुनको निजी अस्पतालमा १८ दिनसम्म आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वस्थ्यमा सोचेअनुसारकि सुधार हुन सकेको थिएन । अन्ततः पिता प्रेमप्रसादले छोरीलाई नेपाल ल्याएर ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । करिब साढे दुई महिना ट्रमा सेन्टरको उपचार पछि उनलाई बनेपास्थित स्पाइनल इन्जरी रिह्याबिलिटेसन सेन्टरमा सारिएको थियो । गत वर्ष कोरोना महामारीका कारण डेरामै ल्याएर राखिएको थियो।
काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी घिमिरेले भोजपुरी चलचित्र “मधेसी पुत्र २” मा काम गरिसकेकी थिइन् । उनले केही टेलिसिरियलहरुमा समेत आफ्नो अभिनय कौशलत प्रस्तुत गरिसकेकी थिइन् ।
Discussion about this post