इटहरी / कोरोना भाइरसका कारण यतिबेला सबै जसो क्षेत्र तहसनहस भएको छ । यस अवस्थामा चलचित्र नगरी चोखो हुने कुरै भएन । धेरै कलाकारहरुको कमाइ खाने बाटो बन्द भएको छ । केही कलाकारहरु भने अझै पनि म्युजिक भिडियोमा अभिनय गरेर पनि आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् कोहि घरमै थन्किएका छन् ।
यता अभिनेत्री प्रियंका कार्की भने आफ्नै दुनियाँमा मस्त छिन् । अझ भनौं ऊनी आफ्नो गर्भावस्थाको मज्जा लिइरहेको छिन् । आफुहरु अभिभावक बन्न लागेको खबर दिएदेखि नै प्रियंकाको चर्चा सामाजिक सञ्जालमा साचुलिएको छ । कतिपयले उनको प्रशंसा पनि गरिरहेका छन् भने धेरै नेपाली दर्शकले उनको आलोचना समेत गरिरहेका छन् ।
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान अभिनेत्री कार्कीले आफ्नो जिवनमा लागू गरेकी छिन् भन्दा फरक पर्दैन । किनकि जस्ले जस्तो आलोचना गरे पनि ऊनी आफ्नो जिवनशैली मै रमाइरहेकी छिन् । पश्चिमा संस्कृति प्रती बिशेष झुकाव राख्ने अभिनेत्री सोही कारणले पनि आलोचनाको पात्र बन्ने गरेकी छिन् ।
Discussion about this post