इटहरी / अभिनेत्री प्रकृती श्रेष्ठ चलचित्र ‘बिहे पास’को छायांकन सकेर अष्ट्रेलिया फर्किसकेकी छिन् । पुर्वमा छायांकन गिरएको चलचित्रको लकडाउन अघि नै छायांकन सकिएको थियो । बिवाह पछि अष्ट्रेलियामा बसोवास गर्दै आएकी अभिनेत्री श्रेष्ठ लामो समय पछि चलचित्र नगरीमा कमब्याक भएकी हुन् । उनै अभिनेत्री श्रेष्ठले आफूले चलचित्र क्षेत्रमा यौन उत्पीडन भोगेको दुखेसो गरेकी छिन् । उनले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती दिनमा आफूले यस्तो समस्या भोगेको बताएकी छिन् ।
सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना एक फ्यानको प्रश्नको उत्तर दिने क्रममा उनले उक्त कुराको खुलासा गरेकी हुन् । उनले यस्तो गलत कुराको बिषयमा खुलेर बिरोध गरेको र बिरोध गर्न आफू नडराएको पनि बताएकी छिन् ।
नेपाली चलचित्र नगरीमा यो अवस्था नमेटिने घाउ बनेर बसेको र यस्ता समस्याको सिकार नेपाली चलचित्र नगरीका धेरै महिला कलाकारहरु भएको उनले बताएकी छिन् । कतिपयले उक्त कुराको खुलेर बिरोध गर्नु भएको छ, कतिपय डरका कार।ण चुप पनि बस्नुभएको छ भने त्यस्ता प्रस्तावहरुमा आफूलाई तायार गर्ने महिला कलाकारहरु पनि नेपाली चलचित्र नगरीमा धेरै रहेको उनले बताएकी छिन् ।
अभिनेत्री श्रेष्ठले चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र नगरीमा डेब्यु गरेकी हुन् । पहिलो चलचित्रलाई सकारात्मक टिप्पणी मिलेपछि उनले चलचित्र ‘जिन्दगी रक्स र उत्सव’मा पनि काम गरिन् । चलचित्र नगरीमा प्रवेश गर्नु भन्दा पहिला उनले म्यूजिक भिडियोहरुमा आफुलाई स्थापित गरिसकेकी थिइन् ।
Discussion about this post