BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

नीना गुप्ताले खोलिन् नीजि जीवनको राज : भनिन्, ‘मेरा पिता नै मेरा प्रेमी थिए’

AdmonBO by AdmonBO
जेष्ठ ५, २०७८, ६:११ मध्यान्ह
in चलचित्र
Nina_gupta
104
SHARES
Share on FacebookShare on Twitter

बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ताले आफ्नो अभिनयका कारण त चर्चा बटुल्ने गर्छिन् नै उनी आफ्नो बिन्दाज व्यक्तित्वका कारण पनि परिचित छिन् । नीना हरेक मुद्दामा खुल्ला रुपमा आफ्नो विचार राख्ने गर्छिन् । जसमा विशेषगरी विवाह, करियर, बच्चा र महिलाको अधिकारजस्ता मुद्दा समावेश छन् ।

आजको समयमा केही कुरा अहिले पनि समाजका लागि निकै आधुनिक मानिन्छ, त्यो नीनाका लागि साधारण कुरा हो । नीना त्यहि कुरा गर्ने गर्छिन् जुन उनलाई मनपर्छ, जुन उनलाई सही लाग्छ । यसका साथै नीना आफ्नो नीजि जीवनका कारण पनि लाइमलाइटको हिस्सा बन्ने गर्छिन् । नीना धेरैजसो आफ्नो जीवनसँग सम्बन्धित महत्वपूर्ण खुलासा गरिरहन्छिन् । हालै नीना फिल्म ‘सरदारका ग्रान्डसन ’ मा देखिएकी छिन् जसमा उनको भूमिकाको व्यापक तारिफ भइरहेको छ । त्यसपछि त नीना एकपछि अर्को अन्तरवार्ता दिइरहेकी छिन् । यस्तै एक अन्तरवार्तामा उनले आफ्नो एक्लोपनको विषयमा एउटा ठूलो खुलासा गरेकी छिन् ।

नीना गुप्ताले रेडियो जकी सिद्धार्थ कन्नडलाई दिएको आफ्नो अन्तरवार्तामा आफ्नो एक्लोपनको संघर्षबारे कुरा गर्दै उनले आफ्नो जीवनको धेरैजसो समय एक्लोपनमा बिताएको बताएकी छिन् । उनका कोही श्रीमान् वा प्रेमी नभएका कारण थुप्रै वर्षसम्म यस्तो चिजको सामना गर्नुपरेको उनले बताइन् । साथै आफूले अतितमा ध्यान नदिएका कारण आफू एक्लोपनबाट टाढा रहन सफल भएको उनले बताएकी छिन् ।

यो अन्तरवार्तामा नीनाले आफ्नो फिल्मबाहेक नीजि जीवनको विषयमा थुप्रै मुद्दामाथि खुलेर कुरा गरेकी छिन् । नीनाले आफ्नो जीवनमा एक्लोपनबारे कुरा गर्दै भनिन्, ‘यो मेरो पूरा जीवनमा थुप्रै पटक भयो । किनभने थुप्रै वर्षसम्म न त मेरो कोही श्रीमान् थिए न प्रेमी नै । साँचो कुरा गर्नुपर्दा मेरा पिता नै मेरा प्रेमी थिए । मलाई काममा अपमानित गर्दा पनि म एक्लो महसुस गर्थेँ । मैले आफ्नो जीवनमा धेरैजसो एक्लो भएको महसुस गरेँ तर भगवानले मलाई शक्ति दिनुभएको छ र म सधैं अघि बढ्न सक्षम छु । म अतितलाई ध्यानै दिन्नँ ।’

स्मरण रहोस्, नीना वेस्टइन्डिजका क्रिकेटर विवियन रिचर्डस्सँग सम्बन्धमा थिइन् । यी दुईका छोरी मसाबा गुप्ता छन् । यद्यपि, विवियन र नीनाको सम्बन्ध धेरै लामोसम्म चलेन र ब्रेकअप भएको थियो । त्यसपछि नीनाले विवेक मेहरासँग विवाह गरेकी छिन् ।

Tags: नीना गुप्ता
Previous Post

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी माया’ (भिडियाेसहित)

Next Post

अक्सिजनका लागि नाजिरले दिए एक लाख

AdmonBO

AdmonBO

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
Najir_hussen

अक्सिजनका लागि नाजिरले दिए एक लाख

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।