BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

नीना गुप्ताले खोलिन् नीजि जीवनको राज : भनिन्, ‘मेरा पिता नै मेरा प्रेमी थिए’

AdmonBO by AdmonBO
May 19, 2021
in चलचित्र
Nina_gupta
99
SHARES
Share on FacebookShare on Twitter

बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ताले आफ्नो अभिनयका कारण त चर्चा बटुल्ने गर्छिन् नै उनी आफ्नो बिन्दाज व्यक्तित्वका कारण पनि परिचित छिन् । नीना हरेक मुद्दामा खुल्ला रुपमा आफ्नो विचार राख्ने गर्छिन् । जसमा विशेषगरी विवाह, करियर, बच्चा र महिलाको अधिकारजस्ता मुद्दा समावेश छन् ।

आजको समयमा केही कुरा अहिले पनि समाजका लागि निकै आधुनिक मानिन्छ, त्यो नीनाका लागि साधारण कुरा हो । नीना त्यहि कुरा गर्ने गर्छिन् जुन उनलाई मनपर्छ, जुन उनलाई सही लाग्छ । यसका साथै नीना आफ्नो नीजि जीवनका कारण पनि लाइमलाइटको हिस्सा बन्ने गर्छिन् । नीना धेरैजसो आफ्नो जीवनसँग सम्बन्धित महत्वपूर्ण खुलासा गरिरहन्छिन् । हालै नीना फिल्म ‘सरदारका ग्रान्डसन ’ मा देखिएकी छिन् जसमा उनको भूमिकाको व्यापक तारिफ भइरहेको छ । त्यसपछि त नीना एकपछि अर्को अन्तरवार्ता दिइरहेकी छिन् । यस्तै एक अन्तरवार्तामा उनले आफ्नो एक्लोपनको विषयमा एउटा ठूलो खुलासा गरेकी छिन् ।

नीना गुप्ताले रेडियो जकी सिद्धार्थ कन्नडलाई दिएको आफ्नो अन्तरवार्तामा आफ्नो एक्लोपनको संघर्षबारे कुरा गर्दै उनले आफ्नो जीवनको धेरैजसो समय एक्लोपनमा बिताएको बताएकी छिन् । उनका कोही श्रीमान् वा प्रेमी नभएका कारण थुप्रै वर्षसम्म यस्तो चिजको सामना गर्नुपरेको उनले बताइन् । साथै आफूले अतितमा ध्यान नदिएका कारण आफू एक्लोपनबाट टाढा रहन सफल भएको उनले बताएकी छिन् ।

यो अन्तरवार्तामा नीनाले आफ्नो फिल्मबाहेक नीजि जीवनको विषयमा थुप्रै मुद्दामाथि खुलेर कुरा गरेकी छिन् । नीनाले आफ्नो जीवनमा एक्लोपनबारे कुरा गर्दै भनिन्, ‘यो मेरो पूरा जीवनमा थुप्रै पटक भयो । किनभने थुप्रै वर्षसम्म न त मेरो कोही श्रीमान् थिए न प्रेमी नै । साँचो कुरा गर्नुपर्दा मेरा पिता नै मेरा प्रेमी थिए । मलाई काममा अपमानित गर्दा पनि म एक्लो महसुस गर्थेँ । मैले आफ्नो जीवनमा धेरैजसो एक्लो भएको महसुस गरेँ तर भगवानले मलाई शक्ति दिनुभएको छ र म सधैं अघि बढ्न सक्षम छु । म अतितलाई ध्यानै दिन्नँ ।’

स्मरण रहोस्, नीना वेस्टइन्डिजका क्रिकेटर विवियन रिचर्डस्सँग सम्बन्धमा थिइन् । यी दुईका छोरी मसाबा गुप्ता छन् । यद्यपि, विवियन र नीनाको सम्बन्ध धेरै लामोसम्म चलेन र ब्रेकअप भएको थियो । त्यसपछि नीनाले विवेक मेहरासँग विवाह गरेकी छिन् ।

Tags: नीना गुप्ता
Previous Post

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी माया’ (भिडियाेसहित)

Next Post

अक्सिजनका लागि नाजिरले दिए एक लाख

AdmonBO

AdmonBO

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

August 24, 2023
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

August 24, 2023
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

August 6, 2023
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

August 6, 2023
 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन्  उनको भुमिका

 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन् उनको भुमिका

July 28, 2023
 चलचित्र रङ्गेली ग्यांगस्टारका लागि कलाकारको माग, इटहरीमा अडिसन हुँदै

 चलचित्र रङ्गेली ग्यांगस्टारका लागि कलाकारको माग, इटहरीमा अडिसन हुँदै

July 27, 2023
Next Post
Najir_hussen

अक्सिजनका लागि नाजिरले दिए एक लाख

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    512 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.