BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

टंकको नयाँ चलचित्र ‘बा आमा’ मा अशोक र एआरको जोडी

विशेष अनलाइन by विशेष अनलाइन
पुस १९, २०८२, १:२६ मध्यान्ह
in FEATURE, चलचित्र
टंकको नयाँ चलचित्र ‘बा आमा’ मा अशोक र एआरको जोडी
53
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘मन बिनाको धन’ बाट घरेलु बक्स अफिसमा सुखद् सफलता बटुलेका निर्देशक तथा संगीतकार टंक बुढाथोकी नयाँ परियोजनाको तयारीमा जुटेका छन्। शुक्रबार औपचारिक रूपमा नयाँ चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो निकै लोकप्रिय गीत ‘बा-आमा’ को नाममा चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन्। यो गीत टंक स्वयंको साथमा अशोक दर्जी, एआर बुढाथोकी र विक्रम थापाको स्वरका कारण चर्चामा थियो।

यस नयाँ चलचित्रको निर्देशनको बागडोर पनि टंक बुढाथोकीले नै सम्हाल्नेछन्। मुख्य भूमिकाका लागि उनले पुनः अशोक दर्जी र एआर बुढाथोकीलाई नै दोहोर्‍याउने भएका छन्। यसअघि ‘मन बिनाको धन’ मा यो जोडीको अभिनयलाई दर्शकले निकै रुचाएका थिए। चलचित्रका अन्य कलाकारहरू भने छनोटको प्रक्रियामा रहेको र चाँडै नै टुंगो लगाइने निर्देशक बुढाथोकीले जानकारी दिएका छन्।

टंक बुढाथोकीकै मौलिक कथामा आधारित हुने यस चलचित्रको पटकथा तथा संवाद लेखनको जिम्मेवारी अनुभवी लेखक शिवम् अधिकारीले पाएका छन्। हाल पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको छ। चलचित्रको कथावस्तु पूर्ण रूपमा ‘बा-आमा’ गीतको मर्म र भावनाबाट प्रेरित हुने बताइएको छ। स्क्रिप्टको काम सकिनेबित्तिकै बाँकी कलाकारहरूको अडिसन र छनोट सुरु गरिनेछ।

निर्माण पक्षका अनुसार, यो एक विशुद्ध पारिवारिक र सामाजिक कथावस्तुमा आधारित चलचित्र हुनेछ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रमा विष्णुमाया मैनाली निर्माताका रूपमा रहेकी छिन्। पहिलो चलचित्र ‘मन बिनाको धन’ बाट राम्रो मुनाफा र सकारात्मक प्रतिक्रिया पाएपछि आफू दोस्रो सहकार्यका लागि थप उत्साहित भएको निर्माता मैनालीले बताएकी छिन्।

चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ भने आगामी वैशाख महिनादेखि छायांकन सुरु गर्ने योजना बनाइएको छ।

Previous Post

युट्युबमा आयो ‘फेरि रेशम फिलिली’

Next Post

नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति गठन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति गठन

नेपाल नाट्य प्रतिष्ठानको कोशी प्रदेश समिति गठन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।