BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीमा फिल्म ‘राजागंज’को पत्रकार भेटघाट

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ४, २०८१, ९:५५ मध्यान्ह
in FEATURE, चलचित्र
इटहरीमा फिल्म ‘राजागंज’को पत्रकार भेटघाट
53
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । आगामी चैत १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राजागंज’को इटहरीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

भेनिस, बुसान र ताल्लिन ब्ल्याक नाइट्स जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा ‘पूजा सर’ नामले अन्तराष्ट्रिय ख्याति कमाएको यो फिल्मको तर्फबाट पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सहायक लेखक आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे र कोशी प्रदेश संयोजक विकाश बुढाथोकीको उपस्थिती रहेको थियो ।

पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री मगरातीले अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरूमा ‘पूजा सर’ र नेपालमा ‘राजागंज’ नामले फिल्म प्रदर्शन गर्नुको कारण बारे प्रष्ट्याईन् । फिल्मको मुख्य पात्र ‘पूजा सर’ रहेको र सो पात्र फिल्मको कथाको पावरफुल क्यारेक्टर रहेको कारण सोहि पात्रको नामबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन गरिएको उनको भनाइ छ ।

यस्तै नेपालमा परिवर्तित नाम ‘राजागंज’ रहनुको कारण फिल्मको कथामा कल्पना गरिएको एक गाउँकाे नाम ‘राजागंज’ भएको र यो फिल्म निर्माणको क्रममा पनि यही नाम जुराईएको हुनाले यही नामबाट नेपालमा प्रदर्शनको तयारी गरेको मगरातीले बताईन् । यस्तो फिल्म नेपालमा मात्र सीमित नहोस्, संसारभरका दर्शकले हेर्न मौका पाओस् भन्ने निर्देशक दीपक रौनियार र आफ्नो उद्देश्य रहेको हुनाले संसारभरका हजारौं फिलमहरुबिच प्रतिष्पर्धा गर्दै ‘राजागंज’ले अन्तराष्ट्रिय प्लेटर्फम पाएको अभिनेत्री मगराती बताउँछिन् । अब नेपाल प्रदर्शनमा पनि फिल्मप्रेमी दर्शकहरुले साथ दिनेमा उनी ढुक्क छिन् ।

फेस्टिभललाई मात्रै टार्गेट गरेर ‘राजागंज’ निर्माण नगरिएको आशाको जिकिर छ । उनी भन्छिन् ‘फेस्टिभलमा फिल्म लगियो भने अझै प्रचारप्रसार हुन्छ, साथै हाम्रो कथा संसारलाई देखाउने मौका पनि मिल्ने भएर फेस्टिभलमा पनि सहभागी गराइएको हो।’ फिल्ममा सशक्त महिला पात्रहरूको बाहुल्यता भएका कारण पनि अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘पूजा सर’ नामले फिल्म प्रदर्शन गरिएको बजार संयोजक सन्देश घिमिरेको भनाई छ ।

उनका अनुसार यो फिल्ममा उठान गरिएको कथा हाम्रै समाजको कथा र हामीले देख्दै भोग्दै आएको यथार्थपरक पात्रहरू भएकाले सबैले हेर्नुपर्ने फिल्म बनेको छ । यो फिल्मलाई निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् । यसअघि उनले २०१२ मा ‘हाइवे’, २०१६ मा ‘व्हाइट सन’ र २०२२ मा ‘फोर नाइट्स’ निर्देशन गरिसकेका छन् । ‘व्हाइट सन’ फिल्म भेनिस, टोरन्टो, लोकानो, रोटरड्याम, बुसान र सिड्नी जस्ता प्रमुख फिल्म महोत्सवहरूमा प्रर्दशन भएको थियो । उनको तेस्रो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको थियो । आउँदो अप्रिलमा हार्वर्ड युनिभर्सिटीमा ‘राजागंज’को विशेष प्रदर्शनसहित छलफल कार्यक्रम आयोजना हुने भएको छ ।

‘द न्यू वर्क टाइम्स’ले उनलाई ‘हेर्नैपर्ने ९ जना निर्देशक’को सूचीमा समेत राखेको थियो । भारतीय प्रतिष्ठित फिल्ममेकर अनुराग कश्यप, जसले ‘ग्याङ्ग्स अफ वासेपुर’ जस्ता चर्चित फिल्महरू निर्देशन गरिसकेका छन्, उनको यस फिल्ममा विशेष भूमिका छ । हालै ‘भेराइटी’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा कश्यपले ‘राजागंज’मा संलग्न हुन पाउँदा गर्व लागेको बताएका छन् । उनले भनेका छन्, ‘म व्हाइट सन हेरेदेखि नै दीपक रौनियारको कामको फ्यान भएको थिएँ, र उनले अर्को कुन फिल्म बनाउने हुन् भनेर प्रतीक्षामा थिएँ।’ फिल्मको प्रमुख पात्र इन्स्पेक्टर ‘पूजा थापा’को भूमिकामा अभिनेत्री आशा मगराती देखिएकी छन् । कोशी प्रदेश अवस्थित मोरङ बेलबारीकी मगराती रंगमञ्च हुँदै फिल्मी यात्रामा प्रवेश गरेकी हुन् ।

उनले ‘हाइवे’, ‘ व्हाइट सन’, ‘कागबेनी’, ‘कर्मा’, ‘दलन’, ‘कथा मिठो सारंगीको’ जस्ता चर्चित फिल्महरू, टिभि सिरिज, रेडियो तथा स्टेज नाटकहरूमा काम गरिसकेकी छन् । यस्तै फिल्ममा पूर्व मिस नेपाल नीतिका चण्डक, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झा, दयाहाङ राई, विजय बराल, घनश्याम लम्साल, परमेश्वर झा लगायतको समेत प्रमुख भूमिका रहेको छ । यो फिल्मको फ्रान्स, जर्मनी, स्वीजरल्यण्ड, अस्ट्रिया, बेलायत, अमेरिका लगायतका आधा दर्जन देशहरूका सिनेमाघर, टेलिभिजन, फिल्म फेस्टिभल तथा एयरलाइन्स र डिजिटल वितरण अधिकार पाईसकेको फिल्म निर्माण युनिटले जनाएको छ । यो फिल्मको निर्माण आदि फिल्म्सका लागि निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।

Previous Post

चलचित्र ‘एक्लो’को पोस्टरमा सुरजसिंह ठकुरीको डरलाग्दो रुप

Next Post

दोस्रो सातामा चलचित्र “रङ्गी”, विद्यार्थी केन्द्रित बन्दै

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
दोस्रो सातामा चलचित्र “रङ्गी”, विद्यार्थी केन्द्रित बन्दै

दोस्रो सातामा चलचित्र "रङ्गी", विद्यार्थी केन्द्रित बन्दै

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।