विशेष अनलाइन । भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पहिचान’ मा नायीका करिश्मा मानन्धर र नायक रोशन शर्मा अनुबन्ध अनुबन्धित भएका छन् । नायीका करिश्मा र नायक रोशन सँग लिखित सम्झौता गरिएको निर्देशक लामाले विशेष अनलाइनलाई जानकारी दिए ।
निर्देशक लामाकै कथामा निर्माण हुने भनिएको चलचित्रमा यस अघिनै अभिनेता धिरेन शाक्य , कलाकार राजेन्द्र खड्गी अनुबन्ध भइसकेका छन् । चलचित्रका लागि प्रेम सुब्बा , रामजी बिष्ट ,रोसन शर्मा , नव नायीका जेनि घिसिङ , शर्मिला राई समेत अनुबन्ध भैसकेका छन् ।
भिम लामा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन गरिने छ । करिव १ करोडको लगानीमा बन्ने चलचित्र ‘पहिचान’को छायांकन फाल्गुन १८ बाट सुरु गर्ने तयारी भइरहेको छ ।
चलचित्रको निर्मातामा भिम लामा सहित रामजी बिस्ट, छिरीङ लामा, उमेश तामाङ छन् ।
निर्देशक तथा निर्माता लामाले यस अघि चलचित्र ‘माटो’, ‘भेडिगोठ’ निर्माण गरिसकेका छन् भने ‘फेक फ्रेन्ड’ ,’गोल’ , ‘सरप्राइज’,’नासो’, ‘लिलामे माइला’ लामाले निर्देशन गरेका चलचित्र हुन् ।
Discussion about this post