विशेष अनलाइन । चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
निर्देशक शंकर र ऋचा विरुद्ध दाबीसहित निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
शंकर र ऋचा दम्पती हुन् । उनीहरु लामो समय बसेर नेपाल फर्केका थिए । उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।
Discussion about this post