विशेष अनलाइन । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको छ । असोज १७ गते घटस्थापनामा रिलिज हुने बताइएको चलचित्र असोज ११ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रको निर्माता अर्जुन कुमारले प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएका छन् ।
निर्देशक पुडासैनीको लेखन रहेको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहने छ । चलचित्रमा सीताका सहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी लगायत कलाकारहरुको अभिनय रहेको छ ।चलचित्र ‘सानो संसार’पारिवारिक कथावस्तुमा निर्माण भएको छ ।
राजधानी मिडिया एण्ड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता माधव वाग्ले हुन् । निर्देशक पुडासैनीको यो डेब्यु चलचित्र हो । अर्जुन कुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले चलचित्रलाई प्रदर्शन गर्ने भएको छ ।
Discussion about this post