बिशेष अनलाइन । आज शुक्रबारदेखि हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ र रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ एकसाथ प्रदर्शनमा आएका छन्।
चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालाई चलचित्रमा देख्न सकिन्छ।
चलचित्र ‘सतीदेवी’ले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको थियो। चलचित्रमा अभिनेत्री मलिका महत मुख्य भुमिकामा रहेकी छिन्। चलचित्रको कथा लक्ष्मण सुवेदीले नै लेखेका हुन्।निर्देशक सुबेदि स्वयम चलचित्रको निर्माता रहेका छन्।
यि दुबैचलचित्रहरु सामाजिक कथामा आधारित छन्। एकैदिन प्रदर्शनमा आएपनि दर्शकहरुले दुबै चलचित्रलाई रुचाउने अपेक्षा गरिएको छ।
Discussion about this post