BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘चारदाम’को विराटनगर प्रिमियर शो मा चलचित्र पत्रकार प्रेम देवान सम्मानित

विशेष अनलाइन by विशेष अनलाइन
असार २३, २०८१, ४:३२ मध्यान्ह
in FEATURE, चलचित्र
‘चारदाम’को विराटनगर प्रिमियर शो मा चलचित्र पत्रकार प्रेम देवान सम्मानित
113
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र पत्रकार संघ मोरङ अध्यक्ष प्रेम देवानलाई सम्मान गरिएको छ । विराटनगरमा तामाङ रितिरिवाज तथा संस्कृतिमा आधारित चलचित्र ‘चारदाम’को ‘विशेष शो’को अवसरमा अध्यक्ष देवानलाई सम्मान गरिएको हो । लामो समयदेखी विराटनगरमा रहेर चलचित्र पत्रकारिताको माध्यमबाट चलचित्र नगरीमा पुर्याएको योगदानको कदर गर्दै देवानलाई सम्मान गरिएको हो ।

नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा शनिबार विराटनगको सिटी सिनेमा हलमा चलचित्र ‘चारदाम’को प्रिमियर शो गरिएको थियो ।

कार्यक्रममा पत्रकार देवान सहित कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोवीन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णु कुमारी तामाङ, सस्थापक अध्यक्ष कृष्ण मोक्तान, सल्लाहकार दाव ब। घिसिङ, महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष राम कुमार योञ्जनलाई पनि कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई निमान्त्रणा दिइ चलचित्र देखाइएको थियो । यस अघि चलचित्रको इटहरी,धरान, चकरघट्टी लगायतका हलहरुमा चलचित्र प्रदर्शन गरिसकिएको छ । तामाङ रितिरिवाज तथा संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘चारदाम’ कोशी भिजन फिल्मस प्रालीले निर्माण गरेको हो ।

चलचित्रमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहेको छ । मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको चलचित्रलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् । चलचित्रमा प्रेम कृष्ण बजगाईको संगीत, सुमन तामाङको छायाङ्कन र हेमन तामाङ सम्पादन छ ।

Previous Post

‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’:दायाहाङको पिडामा देखिएको मिरुनाको प्रेम

Next Post

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

सबै जना शान्त हुनुस्, म गर्भवती छैन :वर्षा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।