BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सकियो ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’, अवार्डमा चलचित्र ‘प्रेम गीत ३’ को वर्चस्व(फोटो फिचर)

विशेष अनलाइन by विशेष अनलाइन
असार २०, २०८१, ९:२३ बिहान
in FEATURE, चलचित्र
सकियो ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’, अवार्डमा चलचित्र ‘प्रेम गीत ३’ को वर्चस्व(फोटो फिचर)
111
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशले आयोजना गरेको ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुतिमा असार १८ र १९ गते विराटनगरको सिटी सिनेमामा विविध कार्यक्रम गर्दै फेस्टिभल सम्पन्न गरिएको हो ।

फेस्टिभलमा नेपाल , अमेरिका , क्यानडा ,भारत, बङ्गलादेश गरी जम्मा ५ देशबाट ४३ चलचित्रको आवेदन प्राप्त प्राप्त भएको र प्राप्त आवेदनबाट फिचर चलचित्र , डकुमेन्ट्री , सर्ट मुभी गरी जम्मा २४ चलचित्र प्रतियोगिताका लागि योग्य भएको निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले जानकारी दिए ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाएका थिए । हिमाल, पर्यटन र कला संस्कृतिलाई समेटेर विसं २०७९ र २०८० सालमा निर्माण गरिएका चलचित्र फेस्टिभलमा सहभागी गराइएको थियो । इनास नेपाल च्याप्टरका उपाध्यक्ष निर्देशक ऋषि लामिछाने संयोजक, संचारकर्मी तथा गीतकार दयाराम पाण्डे, चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समुन्द्र भट्ट र नेपाल निर्देशक समाजकी निवर्तमान अध्यक्ष तथा निर्देशक रक्षासिंह राणा सदस्य रहेको निर्णायक टिमले २४ वटा चलचित्रबाट १० वटा चलचित्र छनोट गरी १३ बिधामा अवार्ड प्रदान गरेको छ ।

अवार्ड प्राप्त गर्ने चलचित्रहरूको नामावली :
अदेख–उत्कृष्ट छोटो चलचित्र निर्देशक २०२४ आयुब केसी
चार दाम–उत्कृष्ट छोटो चलचित्र २०२४ नेपाल श्रेणी
किन–उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र २०२४ (अमेरिका)
मुशर–उत्कृष्ट वृत्तचित्र २०२४ (क्यानडा)
प्रेम गीत ३–उत्कृष्ट अभिनेता २०२४ प्रदीप खड्का
जारी– उत्कृष्ट अभिनेत्री २०२४ मीरुना मगर
प्रेम गीत ३ –उत्कृष्ट निर्देशक फिचर चलचित्र २०२४ सन्तोष सेन,स्व छेतन गुरुङ
प्रेम गीत ३ –उत्कृष्ट माउन्टेन फिचर चलचित्र २०२४
मन्त्र– उत्कृष्ट पर्यटकीय चलचित्र २०२४
जारी–उत्कृष्ट सांस्कृतिक चलचित्र २०२४
लभ, लस्ट एण्ड फाउण्ड–उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र २०२४ (क्यानडा)
बुलाकी –उत्कृष्ट फिचर चलचित्र २०२४
विच्छेद– उत्कृष्ट जुरी चलचित्र २०२४

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेर सुरु भएको फेस्टिभलको पहिलो दिन २ वटा चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो भने दोस्रो दिन पनि फिचर र छोटा चलचित्र गरी ५ वटा चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो । समय छोटो भएका कारण प्रतियोगितामा सबै चलचित्र प्रदर्शन गर्न असमर्थ भएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका कार्यक्रमका निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए ।

चलचित्र क्षेत्रमा विशेष योगदान गरेको कुरालाई मध्यनजर गर्दै निर्माता सन्तोष सेन र ओएसार डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’विशेष सम्मान गरिएको थियो । कोशी प्रदेशमा रहेर चलचित्र क्षेत्रमा योगदान गरेको भन्दै अभिनेत्री शारदा शाक्य,थारु समुदायकी पहिलो महिला सम्पादक रेणु चौधरी,अभिनेता सुवास मेचे,निर्देशक इन्द्र परियार,थारु चलचित्र पहिलो नायिका निलम खवास, अभिनेता राजेन्द्र भगत,अभिनेता सानुबाबा सुब्बा,द्वन्द्व निर्देशक होमनारायण राजवंशी, निर्देशक, रचनाकार, गायक दिपनारायण राजवंशी लगायतका चलचित्रकर्मीहरूलाई सम्मान गरिएको थियो ।

चलचित्र क्षेत्रमा कलम चलाउने चलचित्र पत्रकारहरू न्यु सृष्टि दैनिकका प्रधान सम्पादक अनुज सापकोटा, चलचित्र पत्रकार संघ कोशी प्रदेश उपाध्यक्ष वीरेन्द्र कुमार झा,चलचित्र पत्रकार संघ कोशी प्रदेश सदस्य मौसमी कार्की,चलचित्र पत्रकार संघ सुनसरी शाखा सचिव सुमन भट्टराई र चलचित्र पत्रकार संघ मोरङ शाखा सचिव सन्तोष बास्तोलालाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको हातबाट सम्मान गरिएको थियो ।

Previous Post

भुवन केसी : बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहन्छु

Next Post

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिद्वारा आयोजित बृहत् ‘बिचार गोष्ठी कार्यक्रम–२०८१’ सम्पन्न

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।