विशेष अनलाइन । मित्र प्रधान (नर) निर्देशित चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायांकन सकिएको छ । यस चलचित्रको कथाले विदेशी भूमिमा बस्ने नेपालीको मुद्धालाई उठान गरिएको छ । आइतबार र सोमबार भ्वाइस अफ नेपालको स्टुडियो तथा बालाजुस्थित एनएफडिसीमा ‘आँखै रसिलो’ बोलको गीत खिचिएसँगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक प्रधानले जानकारी दिए । गत जेठमा चलचित्रको छायांंकन अमेरिकामा गरिएको थियो ।
दुई दिन लगाएर खिचिएको चलचित्रको ‘डान्सिङ’ शैलीको गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सविन सुवेदीको स्वर रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा चलचित्रका कलाकारहरु रोशन श्रेष्ठ र आयुषा समालसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की (थाइल्यान्ड), नारायण प्रधान र चर्चित डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन् ।
चलचित्रमा नेपाल, भारत, मलेसिया, पोल्यान्ड, बेल्जियम, ट्युनिसिया, अस्ट्रिया, जर्मनी लगायतका देशका कलाकारहरुको अभिनय रहेको निर्देशक प्रधानले बताए । ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको चलचित्रमा रोशन र आयुषाका साथै विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजिता बर्देवालगायतको अभिनय छ ।
Discussion about this post