विशेष अनलाइन । शुक्रवार बाट प्रदर्शनमा आएको चलचित्र ‘गाउँ आएको बाटो’ कलाकार सहित पुर्व आयो । कलाकार सहित पुर्वका दर्शकहरुलाई भेट्न आएको ‘गाउँ आएको बाटो’टिम दर्शकको उत्साहजनक उपस्थितिका कारण निकै उत्साहित देखिएको थियो ।
निर्देशक नविन सुब्बा सहित चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल, कलाकार दयाहाङ राई, पशुपति राई, बालकलाकार प्रसन राई लगायत पुर्वको यात्रामा थिए ।
बिराटनगरमा दर्शक भेटघाट तथा पत्रकार सम्मेलन पछि चलचित्र युनिट इटहरको इलाइट सिनेमा आइपुगेका थिए । कलाकारहरु एक बजेको शो का दर्शकसंग साक्षात्कार गर्न आइपुगेका थिए । चलचित्र हलमा भरिभराउ दर्शक देखेपछि चलचित्र युनिट निकै उत्साहित बनेको थियो ।
इलाइट सिनेमा हलमा चलचित्र ‘गाउँ आएको बाटो’ टिमलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेशले समेत स्वागत गरेको थियो । महासंघ अध्यक्ष अरुण कुमार प्रधानको नेत्रित्वमा महासंघले चलचित्र टिमलाई स्वागत गरेको थियो ।
बिराटनगर हुँदै पुर्वका इटहरी,धरान, दमक, बिर्तामोड सम्मका चलचित्र हलहरुमा निर्माण टिम पुगेको थियो ।
भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र ‘गाउँ आएको बाटो’ले दोस्रो हप्ता सुरु हुदै गर्दा पनि पुर्व सहित देशैभर उत्कृष्ट व्यापार गरिरहेको छ ।
Discussion about this post