विशेष अनलाइन । निर्देशक तथा अभिनेता माओत्से गुरुङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक गुरुङले ‘पेन्सनपट्टा’ निर्माण गर्ने घोषणा गरेका हुन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘दयारानी’ले सफल व्यापार गरेको थियो ।
‘पेन्सनपट्टा’ ले एक लोभी युवकको कथा बोल्ने बताइएको छ । हाल सम्म कलाकार छनौट नभए पनि मंसिर पहिलो सातादेखि छायांकन गर्ने गरी तयारी भइरहेको बतायएको छ । पोखरा आसपासका क्षेत्रमा चलचित्रको छायांकन हुने छ ।
माओत्सेले आफ्नै चलचित्र निर्माता कम्पनी माओत्से गुरुङ फिल्मस् को ब्यानरमा निर्माण गर्न लागेका हुन् ।
Discussion about this post