बिशेष अनलाइन । ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु गरिएको छ । यो चलचित्र सरोज पौडेल निर्देशनमा र सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।
चलचित्रका लागि पहिलो दृश्य प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलले दिएका छन् । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकार रहेका छन् । चलचित्रमा बालकलाकार जान्भिको सहित स्वायम् केसीको अभिनय रहनेछ ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ । विनोद पौडेल र प्याट्रिक सुवेदीले चलचित्रको लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।निर्माण टिमले चलचित्रलाई विसं २०८२ सालभित्र प्रदर्शन गर्ने तयारी गरेको छ ।
Discussion about this post