बिशेष अनलाइन । चलचित्र ‘मोदीबेनी’को दुई पोस्टर श्रावण १८ गते प्रदर्शन गर्ने गरि सार्वजनिक गरिएको छ। चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ ।उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा प्रस्तुत देखिन्छन ।पोस्टरमा हेर्दा उनलाई एक्सन अवतारको रुपमा चलचित्र‘मोदीबेनी’मा देखिन्छ । अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।
अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ। चलचित्रमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ। यस कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ।
निर्देशक शङ्कर कोइरालाले चलचित्र मोदीबेनी’ को कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको उल्ल्लेख गरेका छन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा र आधारित रहेर बनेको चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य पोस्टर दिन भने अस्वीकार गरे।
अभिनेता श्रेष्ठको पोस्टरको व्याख्या गर्दै उनले कुनै मिसनमा रहेर आक्रामक लडाइँ भावनामा रहेको पात्र रहेको बताए। अभिनेत्री सिवाकोटीलाई राखिएको पोस्टरबारे भीमसेन भन्छन्, “रहस्यमय र सन्दिग्ध एवम् भित्री पीडा लुकाइरहेकी महिला जसले बदलाको भावना राखेकी छन्।”
चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीको लेखन , दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह(निर्माता रहेका छन्। उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम ९माइकल०को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ। रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।
Discussion about this post