विशेष अनलाइन । कलाकारिता क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनेहरुले चलचित्र ‘सुस्तरी सुस्तरी’मा अवसर पाउने भएका छन् । निर्देशक रविन श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रका लागि मुख्य तथा सहायक कलाकारको खोजी भइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएका हुन् ।
आर्यन तथा मङ्गोलियन दुबैका लागि अवसर रहेको बताइएको छ । मुख्य अभिनेताका लागि २५ देखि ३० वर्ष उमेर समूह सम्मकाले सम्पर्क गर्न सकिने छ भने अभिनेत्रीका लागि १९ देखि २५ वर्ष उमेर समूहले सम्पर्क गर्न सक्ने छ ।
यस्तै १९ देखि २५ वर्ष समूहका सहायक अभिनेता तथा अभिनेत्रीहरूका लागि पनि अवसर रहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । चलचित्रमा अभिनय गर्न चाहने कलाकारहरूका लागि ज्येष्ठ २८ गते सोमवार बिहान ७ बजे धरान उपमहानगरपालिका वडा ७ शान्तीपथ स्थित वाइट हाउस इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्टको कार्यकक्षमा उपस्थित हुन चलचित्र निर्माण युनिटले अनुरोध गरेको छ ।
गाउँले परिवेशको प्रेम कथामा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन असारको पहिलो हप्ताबाट सुरु गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । चलचित्रमा नयाँ तथा पुराना कलाकारको अभिनय रहने बताइएको छ ।
बाबुराम निरौलाको लेखन रहेको चलचित्र ‘सुस्तरी सुस्तरी’को निर्माण सुरेन्द्रराज भुजेलले गर्न लागेका हुन् । अनुजा अधिकारी चलचित्रको कार्यकारी निर्माता हुन् । चलचित्र मण्डला प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
Beta feature
Discussion about this post