विशेष अनलाइन । याकथुङ चलचित्रकर्मी संघ झापा जिल्ला कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट चन्द्र फोम्बो अध्यक्षमा चयन भएका छन् । फोम्बोको अध्यक्षतामा तेत्तिस सदस्यीय जिल्ला समिति चयन भएको याकथुङ चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वोले जानकारी दिए । निक्कै रसाकस्सीका बिच सर्वसम्मत नेतृत्व चयन भएको केन्द्रीय अध्यक्ष मेन्याङ्वोको भनाई थियो ।
अधिवेशनबाट उपाध्यक्षमा मिना नेम्वाङ र सङ्गीत आङखेवा, सचिवमा हिमाल लेछर्बो चयन भएका छन् । सह–सचिवमा अप्सरा बोखिम चयन हुँदा कोषाध्यक्षमा छत्रमाया वनेम र सह–कोषाध्यक्षमा दुर्गा ईङनाम चयन भएका हुन् ।
कार्यक्रम मनोनीत व्यवस्थापन समितिका संयोजक बबिन आङदेम्वेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष नवीन मेन्याङ्वोले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नवगठित कार्यसमितिलाई शुभकामना दिँदै केन्द्रीय अध्यक्ष मेन्याङ्वोले नेपाली परिवेश र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन चलचित्र क्षेत्रको अहम् भूमिका रहेको उल्लेख गरे । झापाको आखिझ्याल रेस्टुरेन्ट एन्ड थकाली भान्छा घरमा सम्पन्न कार्यक्रममा केन्द्रका तर्फबाट कोषाध्यक्ष तेज मेन्याङ्वो,सह–कोषाध्यक्ष पवि तेम्बे,सदस्यहरू दिलीप फोरुम्बो , नुमा नेयोङ, तीर्थराज लिम्बु, सानु राजा थेगिम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम केन्द्रीय सचिव उदय सुब्बा कुरुम्वाङले सञ्चालन गरेका थिए ।
Discussion about this post