विशेष अनलाइन । कमल एक्चै मगरको निर्देशन रहेको चलचित्र ‘शिरफूल’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा छोरीलाई विम्बको रूपमा बुझाउन खोजिएको छ ।
‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चलचित्रमा चित्रण गर्ने प्रयास गरिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले बताए ।
चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनीता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी छ ।
Discussion about this post