विशेष अनलाइन । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव ९२०८१’ यही जेठ ६ गतेबाट सुरु भएर ११ गते सम्म चल्ने चलचित्र महोत्सव ९२०८१ मा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । यति बेला विराटनगर तथा बिर्तामोडमा एकसाथ दुई कार्यशाला भइरहेको छ । मन्त्रालयको सञ्चार विभागले आयोजना गर्ने चलचित्र महोत्सव मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सुरु भएको हो । महोत्सवमा हरेक दिन विभिन्न फरक फरक कार्यक्रमहरू हुँदै आएका छन् ।
कार्यक्रमको तालिका अनुसार आज बिहीबार विराटनगरमा दुई दिने अभिनय कार्यशाला सुरु भएको छ । जुन कार्यशालालाई कलाकार भोलाराज सापकोटाले सहजीकरण गर्दै छन । कार्यशाला विराटनगर स्थित होटेल स्टर्न स्टारमा हुँदै छ । उक्त कार्यशालामा चलचित्रसँग चासो राख्ने जो कोहीले निःशुल्क सहभागिता जनाउन पाउने छन् ।
यता बिर्तामोडमा पनि महोत्सवको अन्तिम दिन अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बिर्तामोडको होटेल रुस्किममा आयोजित चलचित्र र पर्यटन कार्यक्रम विषयक अन्तर्क्रिया कार्यक्रममा स्थानीय कलाकार पर्यटन व्यवसायी र सम्बन्धित व्यक्तिहरूको उपस्थित रहेको थियो ।
कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरूको जानकारी गराउने उद्देश्यले ६ दिने चलचित्र महोत्सव भोली जेठ ११ गते समापन हुँदै छ । ‘विभिन्न जातजातिहरूको कथाहरूको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मूल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्तर्गत पाँचौँ दिन अभिनयको कार्यशाला गरिएको हो । आयोजित महोत्सवमा ४ दर्जन धेरै लघु , वृत्त, फिचर चलचित्रहरू पूर्वका विभिन्न हलहरूमा निःशुल्क प्रदर्शन गरिएको छ ।
यस अघि चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध अन्तरक्रिया लगायतका कार्यक्रमहरू भएका छन् । यसैबिच भोली जेठ ११ गते पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ र संगिता श्रेष्ठले नेपाली चलचित्रमा महिला अन्तरक्रिया कार्यक्रम गर्ने कार्य तालिका रहेको चलचित्र महोत्सवका संयोजक समेत रहेका चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए । भोली जेठ ११ गते शुक्रवार विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह बिच कार्यक्रम समापन हुँदैछ ।
Discussion about this post