विशेष अनलाइन । चलचित्र ‘ए ढाक्रे दाई’ अगामी साउन ५ गतेबाट अलनेपाल प्रर्दशनमा आउने भएको छ । चलचित्रमा करिब ६० वर्षअघिको ढाक्रे जीवन शैली प्रस्तुत गरिएको छ ।
दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र ‘ए ढाक्रे दाई’कथा समेत निर्देशक कसजूले नै लेखेका हुन् । ।
‘पहिले पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार जाने र जडीबुटी, घिउ, भटमासहरु त्यहाँ बेचेर नून, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे । सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’निर्देशक कसजूले भने । चलचित्रमा धुर्व कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय छ ।
सुरेश सेन्चुरीको संगीत रहेको चलचित्र ‘ए ढाक्रे दाई’को छायांकन सुमन थापा र बिनोद चौधरीले गरेका हुन् । चलचित्रमा विजय पोखरेल र विनोद चौधरीको सम्पादन छ ।
Discussion about this post