बिशेष अनलाइन । धरानमा चलचित्र ‘मिराज’ र छोटो चलचित्र ‘द रेड मुन’ को बिशोष शो सम्पन्न गरिएको छ । माघे संक्रान्तिको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रकाश सुब्बा निर्देशित चलचित्र ‘मिराज’ र रविन श्रेष्ठ निर्देशित छोटो चलचित्र ‘द रेड मुन’को बिशेष शो आयोजना गरिएको हो ।
थिएटर साहाराका अध्यक्ष तथा निमार्ता नविन मेन्याङ्वोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरानका चलचित्रकर्मी, कलाकार, व्यवसायी,सामाजसेवी लगायत बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बिजयपुर सिने आर्टसको आयोजनामा भएको उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
चलचित्र प्रस्तुत पुर्व आयोजना गरिएको औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै थिएटर साहाराका अध्यक्ष तथा निमार्ता नविन मेन्याङ्वोले कोरोना भाइरसका कारण चलचित्र नगरी अस्तव्यस्त भएको उल्लेख गर्दै भाइरसले देशको अर्थतन्त्र खतरामा परेको बताएका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रेम सुब्बाले चलचित्र ‘द रेड मुन’मा अभिनय गर्दाको अनुभव सुनाएका थिए भने चलचित्र ‘मिराज’का निर्देशक प्रकाश सुब्बाले चलचित्र छायांकनमा आइपरेका समस्याहरुका बावजूद चलचित्र निर्माण गर्न सफल भएको उल्लेख गरेका थिए ।
छोटो चलचित्र ‘द रेड मुन’ मा १० वर्षे शसस्त्र माओवादी द्धन्दको कथालाई समेटिएको छ । चलचित्रले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा BEST NATIONAL DIRECTER OF PHOTOGRAPHIअवार्ड समेत जित्न सफल भएको थियो । थियटर साहारा धरानको प्रस्तुती रहेको चलचित्रलाई कलाकार नबिन मेनेयाङ्बो सुब्बाले निर्माण गरेका हुन् ।
चलचित्रमा वरिष्ठ कलाकार प्रेम सुब्बा , विजय सुब्बा बिशाल श्रेष्ठ , हिमाल दाहाल ,एकराज सुब्बा , तुलसा थापा,कैलाश कार्की , मिहाङ राइ , सानुराज थेगिम ,कमल अधीकारी सुमिना खडगी र बाल कलाकार आरोही श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘द रेड मुन’ लाई चर्चित छायाकार लुजा सिङले खिचेका हुन् भने मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।
यता निर्माता तथा कलाकार प्रकाश सुब्बाको निर्माण,निर्देशन तथा छायांकन रहेको अर्को चलचित्र ‘मिराज’ मा अशोक चेमजोङ, सरोज केसी, तिर्थ याक्सो, शिशिर सुबेदी, केशब रायमाझि, दिनेश कोइराला, भीम लामा, सन्तोष सरकार, सागर विष्ट, मातृका आचार्य, प्रकाश सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिराज’ बाल मनोबिज्ञानमा आधारित प्रयोगात्मक चलचित्र हो ।
Discussion about this post